Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

कृष्णहरि बास्कोटाद्धारा लिखित खुशीको गोरेटो पुस्तक सार्वजनिक

डेक्स

डेक्स

कृष्णहरि बास्कोटाद्धारा लिखित खुशीको गोरेटो पुस्तक सार्वजनिक
ADVERTISEMENT

संसारका खुसी मानिस ती होइनन् जसले धेरै पाएका छन् । खुसी मानिस ती हुन जसले धेरै दिएका छन् । हामी हिमालको चुचुरो हेरेर मात्र त्यहाँ पुग्न सक्दैनौँ । त्यसका लागि यात्रा आरम्भ गर्नुपर्छ । तिमी को हौ भनि जान्न चाहान्छौ भने कसैलाई नसोध । बरु कर्म गर त्यसले नै तिम्रो पहिचान बनाउने छ ।

खुट्टाम जुत्ता छैन भनेर दुखि नहोऔँ । यहाँ कतिपय खुट्टा नहुनेहरु पनि छन् । यी भनाईहरु संग्रहित भएको पुस्तक खुसीको गोरेटो माघ १६ गते नेपालगन्मा सार्वजनिक भएको छ । 

नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाद्धारा लिखित उक्त पुस्तक बुधबार सार्वजनिक भएको हो । 

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा आयोजित पुस्तक सार्वनिकरण कार्यक्रममा पुस्तकका लेखक कृष्णहरि बास्कोटाले पुस्तकको बारेमा जानकारी गराउँदै वर्तमान समयमा नेपाली समाजमा नकरात्मकता वृद्धि हुँदै गएको र नेपाली समाजमा सकारात्मकताको सिर्जना गर्नपर्छ भन्ने अभिप्रायका साथ पुस्तक लेखेको बताउनुभयो । 

उहाँले पछिल्लो समय नकारात्मकता हावि हुँदै गएको बताउँदै मानिसहरु जता पनि दुखी हुन थालेको अवस्था सिर्जना भएको भन्दै वास्तवमा मानिसहरुले सोचे जस्तो नकारात्मक वातावरण नभएको तर्क दिँदै मानिसहरुले खुसी हुन नजानको र त्यसको राज नबुझेको बताउनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लेखक बास्कोटाबाट आफु प्रभावित रहेको र वहाँको उत्प्रेरणा र प्रवचन मार्फत आफुले जीवन निराशा, रिस, असन्तुष्टि त्यगेको बताउँदै कृष्णहरि आम युवाहरुले वहाँबाट ज्ञान लिनुपर्ने र असल चरित्र निर्माण गर्न सिक्नु पर्ने बताउनुभयो । 

प्रमुख बिष्टले कृष्णहरि बास्कोटाले समाज र राष्ट्र रुपान्तरणमा देखाएको अग्रसरताको प्रशंसा गर्दै खुसीको गोरेटो पुस्तकले नेपाली समाजमा सकारात्मक उर्जा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कृष्णहरि बास्कोटा आफु शाखा अधिकृत रहँदाको समयदेखि नै निजामति सेवामा असल छाप छोडेको उदाहरण दिँदै हाल सम्म पनि वहाँले निजामती सेवामा अवकास लिइ सक्दा समेत पनि आफ्नो कर्मलाई सोही अनुसार निरन्तरता दिँदै लगेको पाएकोमा खुसि व्यक्त गरे भने यसरी असल कार्यको अनुभव सहितको जीवन्त पुस्तक खुसीको गोरेटो प्रकाशन भएकोमा हर्ष व्यक्त गर्नुभयो । 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…