Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

डेक्स

डेक्स

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
ADVERTISEMENT

नेपालगन्ज, ५ माघः नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । “छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो”, उहाँले भन्नुभयो ।

पूर्णिमा जस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ की सङ्गीता थापाले पनि आफू प्रायः वनभोजका लागि च्यामा सिमसार क्षेत्रमा आउने गरेको बताउनुभयो । प्राकृतिक सुन्दरता र शान्त वातावरणमा रमाउन रूचाउने सङ्गीता साथीभाइ र परिवारसहित घुम्न होस् या वनभोजका लागि होस् च्यामाताल नै जाने गरेको बताउनुहुन्छ । “प्रकृतिमा रमाउन मनपर्ने भएको हुनाले म यहाँ नियमित नै आउँछु”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरताले नै मनलाई लोभ्याउँछ । र यहाँ आएपछि बेग्लै प्रकारको खुसी मिल्छ ।” 

च्यामा तालमा परिसरमा वनभोजका लागि आउनुभएका बर्दिया बढैयाताल–४ का श्यामकुमार पौडेलले पनि पूर्णिमा र सङ्गीतालाई जस्तै उक्त तालले मनमोहक बनाएको बताउनुहुन्छ । च्यामातालका बारेमा आफूले सुनेको तर पहिलो पटक साथीसँग घुम्न आएको बताउँदै उहाँले भन्नुभयो, “म यही जिल्लाको भए पनि यहाँ पहिलो पटक आएको हुँ । साथीहरूले सुनाएको जस्तै सुन्दर र आकर्षक रहेछ ।” 

च्यामाताल सिमसार क्षेत्रमा वनभोजका जानेका लागि बाँसगढी नगरपालिकाले रु ३० लाखको बजेट खर्चिएर वनभोज स्थल बनाएको वडा नं २ का वडाध्यक्ष अर्जुन खड्काले बताउनुभयो । उहाँका अनुसार विसं २०६२÷६३ तिर उक्त ताल भएको ठाउँमा पानीको मुहान थियो, जमिन भासिन्थ्यो । त्यसरी भासिएको ठाउँलाई संरक्षण गर्न सामुदायिक वनले केही बजेट खर्च गरेर वरपर निश्चित घेरा लगाएर बाँध बाँधेर ताल तलैया बनाएको हो । 

विसं २०७४ मा बाँसगढी नगरपालिकाले आफ्नै खर्चमा ताललाई सिमसारका रूपमा घोषित गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज र नगरपालिकाको संयुक्त आयोजनामा च्यामातालको नामकरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार हाल उक्त च्यामातालमा दिनप्रतिदिन आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ । 

बाँसगढी नगरपालिका निर्वतमान प्रमुख सालिकराम अधिकारीले विसं २०७४ मा च्यामाताल र वनभोज स्थलको उद्घाटन गर्नुभएको थियो । उहाँले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समुदायले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । तालको विकास र संरक्षणको महत्वपूर्ण जिम्मेवारी समुदायको भएकाले तालको सरसफाइ, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा समुदायले नै चासो देखाउनुपर्ने उहाँको भनाइ थियो । 

वडाध्यक्ष खड्काका अनुसार उक्त च्यामातालमा भित्रदेखि पानी निस्कने र चौबिसै घण्टा पानी भइरहने भएकाले वन्यजन्तु पानी खान आउने गर्दछन् । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । जसको लम्बाइ ११ सय मिटर रहेको छ भने चौडाइ आठ सय मिटर छ । तालको प्रचारप्रसारमा सहज होस् भन्ने उद्देश्यले बाँसगढी नगरपालिकाको लोगोमै च्यामा सिमसार क्षेत्रालाई समेटेको छ । 

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जङ्गली जनावर र विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान रहेको च्यामाताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वनभोज स्थल बनाइएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तर लखना चोक हुँदै झण्डै १२ किलोमिटरको दूरीमा च्यामाताल अवस्थित छ । च्यामातालमा रमाउन बाँके र बर्दियासँग जोडिएका जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन् । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रुपनी जिएम नेपालगञ्ज १५ भदौ :छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा …

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

बाँके-२ का कांग्रेस उम्मेदवार '४४ बर्षीय युवा सुधान्सु'; जो मृदुभाषी, सरल र सहज छन्

४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्…