Pairabi logo

बैशाख ०५, २०८१, बुधबार                    

गर्मीमा आगलागी र सावधानी

डेक्स

डेक्स

गर्मीमा आगलागी र सावधानी
ADVERTISEMENT

शुक्रऋषि चौलागाई । 
 एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा–३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए । दुवै ठाउँमा गरी १० घर जले भने लाखौँको क्षति भयो । नरैनापुर गाउँपालिकामा रहेको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट अन्ततः आगो निभाइयो तर पनि रु ३० लाख बाराबरको क्षति भने भई छाड्यो ।  

 यस्तै वैशाख २८ गते जानकी–५ बकसपुरस्थित अम्बे स्टिल फ्याक्ट्रीमा अचानक आगलागी भयो । कबाडी जलाउने मेसिन जल्दा करिब १४ करोड बढीको क्षति भयो । इलाका प्रहरी कार्यालय खजुराखुर्दको प्रहरी टोली, स्थानीयवासी र नेपालगञ्जको दमकलले आगो नियन्त्रणमा ल्यायो । समयमै दमकल नपुगेको भए अझै करोडौँको क्षति हुने थियो ।  

 माथि उल्लेख गरिएका आगलागीका घटना केही दिनयताका मात्र हुन् । यी र यस्तै प्रकृतिका आगलागीका घटना अहिलेसम्म दर्जनौँ भइसकेका छन् । गर्मी, सुक्खा र हावाहुरीको याम सुरु भएसँगै बाँकेमा आगलागीका घटना हुनेक्रम बढेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आव २०७८÷७९ मा आगलागीका २३ घटना भए, जसमा २८ घर, पाँच गोठ जलेर खरानी भए । यी सबै आगलागीमा चार करोड १० लाख, १० हजार बराबरको क्षति भयो । यस्तै गत साउनदेखि वैशाखसम्म ३९ आगलागीका घटना भइसकेका छन् । आगलागीमा परेर एक जना व्यक्ति घाइते भएका छन् । 

आगलागीमा २३ वटा चौपायाको मृत्यु भएको छ भने छ चौपाया घाइते भएका छन् । आगलागीमा ४५ वटा घर र ११ वटा गोठ जलेका छन् । यी आगलागीमा रु १९ करोड ६८ लाख, ४० हजार बराबरको क्षति भएको छ । माथि उल्लेखित यो अवस्था र तथ्यले पनि प्रष्ट पार्छ कि अवस्था कति भयावह छ ।

किन हुन्छ आगलागी ?

आगलागी हुनुको प्रमुख कारण लापर्वाही नै हो । तापक्रम बढ्दै जानु र हावाहुरीले पनि आगलागी हुन सहयोग पुग्छ । तराई गर्मी र सुक्खा क्षेत्र भएकाले यहाँ आगलागीका घटना पनि बढी भएको पाइन्छ । जेठ हावाहुरी चल्ने महिना पनि हो । आगो आफैँमा संवेदनशील पदार्थ हो । हावाहुरीले आगोलाई सहजै एक ठाउँबाट अर्के ठाउँमा पु¥याइदिन्छ । आगो प्रयोग गर्न अनिवार्य भए पनि त्यसको सुरक्षामा विशेष ख्याल गरिएन भने आगोले ठूलो क्षति पु¥याउन बेर लगाउँदैन । आगलागीका घटना हरेक वर्षजसो दोहरिरहेका हुन्छन् । आगलागीका घटना किन हुन्छन् रु भन्दा कारण पनि फरकफरक आउँछन् । आगोजन्य वस्तु सुरक्षित राख्न, नियन्त्रण गर्न नसक्नु नै प्रमुख कारण हो । सलाई, लाइटर, सल्काइएको चुरोट र चुल्होको आगो व्यवस्थापन गर्न सकेनौँ भने कुनै पनि बेला आगो लाग्न सक्छ । आगोकै कारण ठूला दुर्घटना निम्तिन सक्छन् । आगलागीकै  कारण ठूलो जनधनको क्षति हुन सक्छ । सलाई, लाइटर सुरक्षित नराख्दा बालबालिकाको हातबाट पनि आगलागी भएको पाइन्छ । यस्तै सलाई कोरेर, चुरोट ननिभाइकन जहाँतहीँ फालिँदा पनि आगो फैलिन सक्छ । 

यस्तै खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा पनि हावाले आगो अन्यत्रै पु¥याएर पनि आगो लाग्नसक्छ । बाँकेमा अधिकांश आगलागीका घटना बघौडा क्षेत्र ९नरैनापुर० मा नै भएको पाइन्छ । सुख्खा क्षेत्र भएको र फुसका छाना भएका ९घर० कारण पनि आगलागी त्यहाँ बढी भएको हुनु पर्दछ । त्यसमाथि अधिकांश गरिब, अशिक्षित व्यक्तिको बसोबास भएका कारण पनि आगलागी नियन्त्रणको पूर्वतयारीबारे सचेत छैनन् । गर्मी मौसममा हुने अप्रत्यासित आगलागी घटनाले बघौडावासी जहीले पनि आक्रान्त भइरहेका हुन्छन् । 

आगलागी नियन्त्रणमा अनेकन समस्या

नरैनापुरमा–३ जनतापुर घर जलिरहँदा दमकल जानसक्ने बाटो भएन । नरैनापुर गाउँपालिकामा रहेको दमकल जान खोज्दा सहज बाटो नभएपछि खेतैखेत जान बाध्य भयो । दिउँसोको घटना भएका हुनाले स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो निभाउन सम्भव भयो । दमकल केही बेरपछि मात्रै घटनास्थलमा पुग्यो । त्यतिबेलासम्म लाखौँ बाराबरको क्षति भइसकेको थियो ।   

आगलागी नियन्त्रण गर्न अनेक समस्या छन् । चार लाख ९१ हजार तीन सय १३ जनसङ्ख्या रहेको बाँके जिल्लाका लागि हाल पाँच वटा दमकल मात्र छन् । दुई हजार तीन सय ४७ वर्ग किमी क्षेत्रफलमा फैलिएको जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा तीन, नरैनापुर र कोहलपुरमा एक÷एक दमकल रहेका छन् । अझै पाँच वटा पालिकामा दमकल छैन । अधिकांश स्थानमा सहज सडक सुविधा छैन । कतिपय गाउँमा दमकल जाने बाटोसमेत छैन । बाटोघाटोको पीडा एकातिर छ भने पानी नपाउँदाको पीडा अर्कोतिर छ । 

आगो नियन्त्रण गर्दा आउने चुनौती अनेकन छन् । नेपालगञ्ज उपमहानगरपालिका बारुणयन्त्र इञ्चार्ज झइनबहादुर खड्काका अनुसार सुख्खा मौसममा आगलागीका घटना दोहोरिरहने भएका कारण अहिले दमकललाई भ्याइनभ्याइ छ । दमकल बाँके मात्र नभई बर्दिया, सुर्खेत र सीमा बजार रुपइडिहा तथा आसपासका गाउँमासमेत पुग्ने गर्दछ । यस्तै आगलागी नियन्त्रण दमकलबाट मात्र सम्भव पनि छैन् । 

आगलागी भइहालेमा तत्काल दमकललगायत सम्बन्धित सरोकारवालालाई सूचित गरिनुपर्छ । सही समयमा सही सूचना दिने प्रवृत्ति नभएका कारण पनि आगलागीबाट बढी क्षति हुन पुग्दछ । पानीको स्रोत ९खोला, इनार, नल÷धारा० पर्याप्त नभएका कारण पनि पानी नपाएर वा ल्याउन ढिलाइका कारण पनि आगो नियन्त्रणमा समस्या देखिँदै आएको छ । आगो नियन्त्रणका लागि समयमै सबैलाई सूचीत गर्ने र स्थानीय, प्रहरी लगायतको सहयोग लिइनु पर्दछ । 

आगलागी भइपरी आउने मानव सिर्जित विपद् हो, आगलागी प्राकृतिक विपद् भने होइन । मानवीय कमजोरी र सानो लापर्वाहीले नै आगलागी जस्तो विपद् बेहोर्नुपर्ने हुन्छ । आगलागी हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो तर पनि हामी त्यसप्रति कत्तिको सचेत र जिम्मेदार छौँ रु आगलागी भइसकेपछि आगो नियन्त्रण गर्नु चानचुने कुरा कदापी होइन । आगलागी हुनै नदिनुका साथै आगलागीपछि नियन्त्रण गर्न, क्षति न्यूनीकरण गर्ने जस्ता उपाय अवलम्बन गर्नु जरुरी छ । आगलागीस्थलमा दमकल पु¥याउन, पर्याप्त पानीको व्यवस्था गर्न, आगो नियन्त्रणमा सहयोगी परिचालन गर्न पनि अति आवश्यक हुन्छ । आगो निभाउन प्रयोग गरिने आवश्यक स्रोतसाधन ९बाल्टी, बेल्चा, हरियो बाँसको सही समयमा सही प्रयोग गर्न पनि जान्नु पर्दछ । 

    आगलागी हुनै नदिन केके गर्न सकिन्छ । आगलागी भइहालेमा के कसरी बच्ने र बचाउने भन्नेबारे पनि सचेतना फैलाउन जरुरी छ । आगलागी हुन नदिन सन्देशमूलक सूचना विभिन्न भाषामा सञ्चारमाध्यम ९रेडियो, पत्रिका, टिभी० मार्फत सार्वजनिक गर्नुपर्दछ । विपद्का क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी सङ्घसंस्थाबीच आपसी समन्वय र सहकार्यको पनि खाँचो छ । यस्तै अभिभावकले आगोबाट बच्न, बचाउन गर्न सकिने उपायबारे आफ्ना नानीबाबुलाई सम्झाउन सक्नुपर्छ । आगो लाग्नसक्ने त्यस्ता वस्तु बच्चाबच्चीले फेला पर्न नसक्ने स्थानमा सुरक्षित राख्नुपर्दछ । यति गर्न सक्यौँ भने पनि आगलागीबाट हुने ठूलो धनजनको क्षतिबाट बच्न र बचाउन सकिन्छ । 

पूर्वतयारी र राहत

हरेक विपद्बाट जोगिन र जोगाउन केही न केही पूर्वतयारी गरिन्छ । आगलागीबाट जोगीन खासै तयारी गरेको पाइँदैन । यसमा तयारी गर्नुपर्ने पनि खासै देखिँदैन तथापी त्यो भनेर राज्यका संयन्त्र चुप लागेर बस्न भने मिल्दैन । नागरिकको जीउ धनको रक्षा गर्नु राज्यको प्रमुख दायित्व पनि हो । आगलागी हुनुपूर्व कुनै त्यस्तो सङ्केत या सूचना नपाइने÷नदेखिने हुने भएकाले पनि पूर्वतयारी गर्न गाह्रो छ । आगलागी के कसरीे हुनसक्छ रु के कसरी जोगिने र नियन्त्रण गर्ने भन्नेबारेमा व्यापक चेतना फैलाउन जरुरी छ । विशेषतःआगलागी मौसममा रेडियो, पत्रिकालगायतका सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश फैलाउने, गाउँमै पर्चा पम्पलेट टाँस्ने, सडक नाटकलगायतका कार्यक्रम÷अभियान गरेर सचेत पार्नुपर्ने हुन्छ । 

यस्तै दमकल तयारी अवस्थामा राख्ने, सडक पहुँच सहज बनाउने, हरेक गाउँटोलमा पानीको उचित व्यवस्था गर्नेलगायतका आधारभूत पूर्वतयारी गर्न कञ्जुस्याइँ गर्न हुँदैन । स्थानीय प्रशासन, प्रहरी, स्थानीय पालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता निकाय र सङ्घसंस्थाबीचको आपसी समन्वय र सहकार्य पनि अत्यन्तै जरुरी छ । आगलागीपीडितको वास्तविक तथ्य सङ्कलन र राहतका सन्दर्भमा पनि खरोरुपमा उत्रिनु पर्दछ । यस्ता संस्थाको निरन्तर पहल र सक्रियताले नै आगलागी नियन्त्रण, राहतलगायतमा सहज भएको छ । आगलागी नियन्त्रण, राहत र न्यायमा जुटेका ती सहयागी सबै हातलाई सलाम छ । (लेखक नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं सम्बाद सहजकर्ता हुनुहुन्छ)

ताजा

सबै

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सु…

धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन अभियान सुरु

नेपालगन्ज, ४ बैशाख :नेपालगञ्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्…

कम्दीमा काँग्रेसका महामन्त्री थापाविच संवाद हुदै

नेपालगन्ज १ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाँकेको क्षेत्र नम्बर २ को…

निमार्णधिन नेपालगन्ज चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग

नेपालगन्ज । नेपालगन्ज चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाई मास्ट विजुली बारे सूचना म…

लोकप्रिय

सबै

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सु…

कम्दीमा काँग्रेसका महामन्त्री थापाविच संवाद हुदै

नेपालगन्ज १ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाँकेको क्षेत्र नम्बर २ को…

धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन अभियान सुरु

नेपालगन्ज, ४ बैशाख :नेपालगञ्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्…

यो पनि

गर्मीमा आगलागी र सावधानी

गर्मीमा आगलागी र सावधानी

शुक्रऋषि चौलागाई । एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई…

अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

नेपालगन्ज । नेपालमा स्थापना भएका राजनितिक दलका जिल्ला सभापति तथा संयोजकमा अधिकास प…

बर्दियाका अब्दुल खानं को हुन ?

बर्दियाका अब्दुल खानं को हुन ?

देव कमल पौडेल बर्दिया २६ मसिंर । बर्दियाको गुलरिया नगरपालिका वार्ड नं११ मा जन्मिनूभ…

“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

“किशोर”को संघर्षपुर्ण विद्यार्थीदेखिको राजनितिक यात्रा

नेपालगन्ज ८ मङ्सिर । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएका किशोरसिंह राठौरको शि…