Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण

डेक्स

डेक्स

डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण
ADVERTISEMENT

डुडुवा (बाँके) १७ पुस । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गर्न थालिएको हो । 

वार्ड नं. २ बनकट्टीस्थित गाउँपालिकाको कार्यालयबाट भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गरि शुभारम्भ गर्दै चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै पुगेर भत्ता वितरणको कार्य सुरु गरेको बताउनुभयो ।

अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्तीमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । 

गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । उहाँका अनुसार करिब चार हजार तीन सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । 

वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…