Pairabi logo

माघ १३, २०८२, सोमबार                    

आइएनएफद्धारा सामाजिक परिक्षण

डेक्स

डेक्स

आइएनएफद्धारा सामाजिक परिक्षण
ADVERTISEMENT

राप्तीसोनारी (बाँके) १२ पुस । आईएनएफ नेपाल बाँके शाखाले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वार्ड नंं ५, ६ र ७ मा मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा व्यवसाय, सामाजिक जागरुकता बढेको पाइएको छ ।

सुशासन प्रर्बद्धन गर्ने उद्देश्यले परियोजनाको सामाजिक परिक्षण गरि सरोकारवाला समक्ष प्रतिबेदन सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको ६ महिनाभित्र सम्पन्न विभिन्न क्रियाकलापले समुदायमा पारेको प्रभाव, उपलब्धी, समस्या चुनौती र सुझावसहितको प्रतिबेदन सार्वजनिक गरिएको हो । 

समाजिक परिक्षण कार्यविधी २०६७’ अनुसार लक्षित वर्ग तथा सरोकारवाला निकायसंग स्थलगत छलफलमार्फत परियोजनाको प्रभावबारे प्रतिबेदन तयार गरिएको आइएनएफका परियोजना सुपरभाईजर हस्त विकले बताउनुभयो । उहाँले चाल आर्थिक वर्षको ६ महिनामा सम्पन्न गरिएको कार्यक्रमको प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार राकेश कुमार मिश्रले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य पदरी दमाई, वडा नम्बर ५ का वडा सदस्य कमला विक, समाजसेवी अगुवा विर बहादुर गिरी लगायतले परियोजनाका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

इन्टर¥याट्को सहयोगमा आइएनएफले ३ वर्षे साथ परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत मानव बेचबिखन र लैङ्गिक हिंसा बाल विवाह र सुरक्षित आप्रवासनको बारेमा समुदायमा जनचेतना अभिबृद्धि, मानव बेचबिखन र लैङ्गिक हिंसामा कमी, आर्थिक सशक्तीकरण, सुदृढ संरचना र प्रणाली,  समुदायको लचिलोपन विकास,  दिगो विकास र प्रतिफल मुख्य उपलब्धी हासिल गरिएको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …