Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आइएनएफद्धारा सामाजिक परिक्षण

डेक्स

डेक्स

आइएनएफद्धारा सामाजिक परिक्षण
ADVERTISEMENT

राप्तीसोनारी (बाँके) १२ पुस । आईएनएफ नेपाल बाँके शाखाले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वार्ड नंं ५, ६ र ७ मा मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा व्यवसाय, सामाजिक जागरुकता बढेको पाइएको छ ।

सुशासन प्रर्बद्धन गर्ने उद्देश्यले परियोजनाको सामाजिक परिक्षण गरि सरोकारवाला समक्ष प्रतिबेदन सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको ६ महिनाभित्र सम्पन्न विभिन्न क्रियाकलापले समुदायमा पारेको प्रभाव, उपलब्धी, समस्या चुनौती र सुझावसहितको प्रतिबेदन सार्वजनिक गरिएको हो । 

समाजिक परिक्षण कार्यविधी २०६७’ अनुसार लक्षित वर्ग तथा सरोकारवाला निकायसंग स्थलगत छलफलमार्फत परियोजनाको प्रभावबारे प्रतिबेदन तयार गरिएको आइएनएफका परियोजना सुपरभाईजर हस्त विकले बताउनुभयो । उहाँले चाल आर्थिक वर्षको ६ महिनामा सम्पन्न गरिएको कार्यक्रमको प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार राकेश कुमार मिश्रले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य पदरी दमाई, वडा नम्बर ५ का वडा सदस्य कमला विक, समाजसेवी अगुवा विर बहादुर गिरी लगायतले परियोजनाका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

इन्टर¥याट्को सहयोगमा आइएनएफले ३ वर्षे साथ परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत मानव बेचबिखन र लैङ्गिक हिंसा बाल विवाह र सुरक्षित आप्रवासनको बारेमा समुदायमा जनचेतना अभिबृद्धि, मानव बेचबिखन र लैङ्गिक हिंसामा कमी, आर्थिक सशक्तीकरण, सुदृढ संरचना र प्रणाली,  समुदायको लचिलोपन विकास,  दिगो विकास र प्रतिफल मुख्य उपलब्धी हासिल गरिएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…