Pairabi logo

असोज २१, २०८३, बुधबार                    

आध्यात्मिक महोत्सवमा आज ७० लाख बढी संकलन

डेक्स

डेक्स

आध्यात्मिक महोत्सवमा आज ७० लाख बढी संकलन
ADVERTISEMENT

नेपालगञ्ज । प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । भोलि समापनसहित आध्यात्मिक प्रवचन जारी राखिने भए पनि दाताहरुले आजै ठूलो संख्यामा कार्यक्रम स्थलमा उपस्थित भएर दान गरेका थिए । आयोजकले दान लिने तथा प्रवचनको कार्यक्रम भोलि पनि जारी रहने जनाएको छ । 

कथा वाचनको सातौं दिन भूमी दानसहित ७० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आजको कथावाचनका बीच सरोज चौधरी र अजितकुमार शर्माले रु १० र १० लाख दान गर्नुभयो । आजै आर्थिक संयोजक श्रेष्ठबाट ५ लाख ११ हजार १११, अशोक श्रेष्ठबाट ५ लाख, टोपबहादुर थापाले १ लाख ५१ हजार बैकुण्ठधाम निर्माणका लागि दान गर्नुभएको छ । 

त्यसैगरी बरिष्ठ अधिवक्ता ध्रुव बस्यालबाट १ लाख २१ हजार १२१, फत्तेबाल आँखा अस्पतालका प्रमुख डा। कौशलकुमार बर्माबाट १ लाख २१ हजार, सुमनरसीमा गौतमबाट १ लाख ११ हजार १११, आदर्श माध्यमिक विद्यालयबाट १ लाख ११ हजार १११, भ्यू सिद्धार्थ होटल नेपालगञ्जबाट १ लाख ११ हजार १११, पानस फर्मास्युटिकल्सबाट १ लाख ११ हजार दान प्राप्त भएको आयोजकले जनाएको छ । 

सुरेन्द्रकुमार कुर्मीबाट ६१ हजार ५५५ प्रदान भएको छ भने वैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ दान गर्नेहरुमा इ। तिर्थप्रसाद श्रेष्ठरमिठु श्रेष्ठ, मिनारमुकुट ढकाल, कुलराज राजभण्डारी, बिनमकुमार शर्मा रहनुभएको छ। विजय गुप्ताबाट ५५ हजार ५५५, विनयकुमार शर्माले ५५ हजार ५५५ प्रदान गर्नुभयो । 

त्यस्तै डा। जीराज शाक्यबाट ५२ हजार, विष्णुप्रसाद श्रेष्ठरसरिता श्रेष्ठबाट ५१ हजार ५५५ रुपैयाँ दान प्राप्त भएको छ । ५१ हजार १११ दान गर्नेहरुमा सुरेन्द्रकुमार शर्मा र बुद्धिप्रसाद अधिकारी रहेका छन् । यज्ञबहादुर शाक्यररत्ना श्रेष्ठबाट ५१ हजार १०५ प्रदान भएको छ ।

महायज्ञमा ५१ हजार दान गर्नेहरमा शिखा एकेडेमी कोहलपुर, नेपालगञ्ज बार एशोसियसन, तिरुपति बालाजी मन्दिर व्यवस्थापन समिति तथा आमा समूह, जयबहादुर खत्री, अनिता टिबडेवाल, रामचन्द्र गोयल, कैलाशचन्द्र शर्मा र मारवाडी युवा मञ्च रहेका छन् । आजै हुलाकी सडक निर्देशनालय, नेपालगञ्ज योजना कार्यालयबाट ३७ हजार ३३१ रुपैयाँ, ब्राहमण समाज नेपालगञ्जबाट २८ हजार १०५ प्रदान भएको छ । 

आजको कथा वाचनका क्रममा बालबालिकाले पनि दान गरेका छन् । महायज्ञमा आएका ४ बर्षीय देवांश श्रेष्ठबाट ११ हजार १११, ४ बर्षीय आरभ र ९ बर्षीय आर्य श्रेष्ठबाट ११ हजार १११, आध्या श्रेष्ठबाट ११ हजार १११ रुपैयाँ दान प्राप्त भएको आयोजकले जनाएको छ । आज २५ हजार बराबरको दान गर्नेहरु एक सय बढी दाताहरु रहेका थिए भने शिलालेखमा नाम लेखाउन ११ हजार बढी जम्मा गर्ने ५ सय बढी दाताहरु यज्ञस्थलमा आएको आर्थिक संयोजक श्रेष्ठले बताउनुभयो । 

बाँकेमा कार्यरत सरकारी कार्यालय तथा कर्मचारीहरुका तर्फबाट भोलि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा दान गर्न आउने प्रतिबद्धता प्राप्त भएको महोत्सवको सरकारी निकाय समन्वय उपसमितिका संयोजक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने संयोजक डा शुरेसकुमार कानोडियाले बताउनुभयो ।  

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…