Pairabi logo

माघ १६, २०८२, बिहीबार                    

कालोपत्रे सडकले सुगम बन्दै ग्रामीण बस्ती

डेक्स

डेक्स

कालोपत्रे सडकले सुगम बन्दै ग्रामीण बस्ती
ADVERTISEMENT

नेपालगन्ज, ७ कात्तिकः बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । 

जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र भएपछि आवागमन सहज भएको हो ।  सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा पक्की सडक निर्माण भएको हो । 

गाउँपालिकाका ग्रामीण बस्ती कालोपत्र सडकका कारण नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिदा स्थानीयले लाभ लिइरहेका जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । “सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले  आवतजावत गर्न सजिलो भएको छ” उहाँले भन्नुभयो ।” वडासदस्य थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवद्र्धन भएको उल्लेख गर्दै अहिले कालोपत्र भएपछि नेपालगञ्ज पुग्न लामो समय नलाग्ने बताउनुभयो । 

सडकको सञ्जाल जताततै भएकाले जानकी वा खजुरा जहाँबाट पनि नेपालगञ्ज आउन सहज भएको जानकारी दिँदै वडासदस्य थापाले अन्य ग्रामीण भेगका सडक पनि कालोपत्र गर्न आवश्यक भएको बताउनुभयो । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर र शिवपुरीदेखि नेपालगन्ज १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । 

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा सबै भन्दाबढी पक्की सडक निर्माण भएको जानकारी दिँदै ती सबै क्षेत्रमा करिब ५७ किलोमिटर सडक निर्माण भएको बताउनुभयो । हाल क्रमागत योजनाका सडक निर्माण भइरहेको उल्लेख गर्दै उहाँले गौघाट—परस्पुर सडक भने अधुरै रहेको गर्नुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …