Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कालोपत्रे सडकले सुगम बन्दै ग्रामीण बस्ती

डेक्स

डेक्स

कालोपत्रे सडकले सुगम बन्दै ग्रामीण बस्ती
ADVERTISEMENT

नेपालगन्ज, ७ कात्तिकः बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । 

जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र भएपछि आवागमन सहज भएको हो ।  सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा पक्की सडक निर्माण भएको हो । 

गाउँपालिकाका ग्रामीण बस्ती कालोपत्र सडकका कारण नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिदा स्थानीयले लाभ लिइरहेका जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । “सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले  आवतजावत गर्न सजिलो भएको छ” उहाँले भन्नुभयो ।” वडासदस्य थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवद्र्धन भएको उल्लेख गर्दै अहिले कालोपत्र भएपछि नेपालगञ्ज पुग्न लामो समय नलाग्ने बताउनुभयो । 

सडकको सञ्जाल जताततै भएकाले जानकी वा खजुरा जहाँबाट पनि नेपालगञ्ज आउन सहज भएको जानकारी दिँदै वडासदस्य थापाले अन्य ग्रामीण भेगका सडक पनि कालोपत्र गर्न आवश्यक भएको बताउनुभयो । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर र शिवपुरीदेखि नेपालगन्ज १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । 

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा सबै भन्दाबढी पक्की सडक निर्माण भएको जानकारी दिँदै ती सबै क्षेत्रमा करिब ५७ किलोमिटर सडक निर्माण भएको बताउनुभयो । हाल क्रमागत योजनाका सडक निर्माण भइरहेको उल्लेख गर्दै उहाँले गौघाट—परस्पुर सडक भने अधुरै रहेको गर्नुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…