Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

डेक्स

डेक्स

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै
ADVERTISEMENT

नेपालगन्ज, २७ असोज : विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइदैछ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ ।     

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी) को नारा लगाउदै मुर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताउनुभयो ।

आज सबै मुर्तिहरु लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइनेछ । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन र्कितन समेत गर्ने गरिन्छ । 

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार दुर्गा मुर्तिमा विशेष गरि नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पुर्णाहुती गरि पुजापाठ सकिन्छ ।

आजको कार्यक्रम सौहार्द, शान्तिपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।  

दुर्गा भवानीको मुर्ती विसर्जन ¥याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन आज विहान १० बजेदेखि नै मुर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरिमा सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक यामबहादुर बुढाले बताउनुभयो । 

उहाँका अनुसार सूरक्षा व्यवस्थापनमा सहजताका लागि ड्रोन क्यामराको समेत प्रयोग गरिने छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मुर्ति रहेका छन । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…