Pairabi logo

माघ १६, २०८२, बिहीबार                    

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

डेक्स

डेक्स

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै
ADVERTISEMENT

नेपालगन्ज, २७ असोज : विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइदैछ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ ।     

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी) को नारा लगाउदै मुर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताउनुभयो ।

आज सबै मुर्तिहरु लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइनेछ । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन र्कितन समेत गर्ने गरिन्छ । 

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार दुर्गा मुर्तिमा विशेष गरि नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पुर्णाहुती गरि पुजापाठ सकिन्छ ।

आजको कार्यक्रम सौहार्द, शान्तिपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।  

दुर्गा भवानीको मुर्ती विसर्जन ¥याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन आज विहान १० बजेदेखि नै मुर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरिमा सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक यामबहादुर बुढाले बताउनुभयो । 

उहाँका अनुसार सूरक्षा व्यवस्थापनमा सहजताका लागि ड्रोन क्यामराको समेत प्रयोग गरिने छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मुर्ति रहेका छन । 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …