Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

सामुदायिक वनबाट चितुवा नियन्त्रणमा

सम्वाददाता

सम्वाददाता

सामुदायिक वनबाट चितुवा नियन्त्रणमा
ADVERTISEMENT

नेपालगन्ज, असोज २५ गते । बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो ।

गिजरा सामुदायिक वन उपभोक्ता समूहकोे जङ्गल क्षेत्रमा डिभिजन वन कार्यालयले राखेको केज (खोर) मा शुक्रबार बिहान चितुवा फसेको अवस्थामा भेटिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

गत असोज १८ गते सोही सामुदायिक वनबाट डिभिजन वन कार्यालय बाँकेले एउटा चितुवालाई नियन्त्रणमा लिएको थियो । स्थानीय वीरेन्द्र पुनकी अन्दाजी तीन वर्षीया छोरी लक्ष्मी पुन गत भदौ ३० गते राति आफ्नो घरमा खेल्दै गरेको अवस्थामा घरबाटै एक्कासी बेपत्ता भएपछि उहाँलाई जङ्गली जनावरले लगेको हुनसक्ने आशङ्का स्थानीयले गरेका थिए । 

असोज १ गते बिहान बालिकाको शव घरनजिकै रहेको गिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा भेटिएको थियो । स्थानीयले बालिकालाई बाघले खाएको आशङ्का गरेका थिए । तर उक्त वनमा बाघ नभएर चितुवा हुन सक्ने आशङ्का गरेर डिभिजन वन कार्यालय बाँकेले असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिनका लागि तीनवटा खोर र पाँचवटा सिसी क्यामेरामार्फत् खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो । 

असोज १८ गते नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिनुभयो । “असोज १८ गते नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाएका छौं, वनक्षेत्रमा राखिएका तीन वटा केजमध्ये हाल दुई वटा केज सञ्चालनमा छन्, आज फेरि अर्को चितुवा फसेको छ” उहाँले भन्नुभयो ।

चितुवालाई नियन्त्रणमा लिनका लागि हरेक केजमा एक एकवटा बाख्रा राखिएको थियो । बाख्रा राखिएको केजमा चितुवालाई फसाएर नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत चौधरीले बताउनुभयो ।

भदौ ३० गते रातिदेखि बेपत्ता हुनुभएकी बालिका लक्ष्मीको शव असोज १ गतेका दिन घरदेखि करिब १ किलोमीटर पश्चिमतर्फको जङ्गलबाट जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा दाहिने खुट्टा मात्र फेला परेको थियो ।

ताजा

सबै

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …