Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सामुदायिक वनबाट चितुवा नियन्त्रणमा

सम्वाददाता

सम्वाददाता

सामुदायिक वनबाट चितुवा नियन्त्रणमा
ADVERTISEMENT

नेपालगन्ज, असोज २५ गते । बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो ।

गिजरा सामुदायिक वन उपभोक्ता समूहकोे जङ्गल क्षेत्रमा डिभिजन वन कार्यालयले राखेको केज (खोर) मा शुक्रबार बिहान चितुवा फसेको अवस्थामा भेटिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

गत असोज १८ गते सोही सामुदायिक वनबाट डिभिजन वन कार्यालय बाँकेले एउटा चितुवालाई नियन्त्रणमा लिएको थियो । स्थानीय वीरेन्द्र पुनकी अन्दाजी तीन वर्षीया छोरी लक्ष्मी पुन गत भदौ ३० गते राति आफ्नो घरमा खेल्दै गरेको अवस्थामा घरबाटै एक्कासी बेपत्ता भएपछि उहाँलाई जङ्गली जनावरले लगेको हुनसक्ने आशङ्का स्थानीयले गरेका थिए । 

असोज १ गते बिहान बालिकाको शव घरनजिकै रहेको गिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा भेटिएको थियो । स्थानीयले बालिकालाई बाघले खाएको आशङ्का गरेका थिए । तर उक्त वनमा बाघ नभएर चितुवा हुन सक्ने आशङ्का गरेर डिभिजन वन कार्यालय बाँकेले असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिनका लागि तीनवटा खोर र पाँचवटा सिसी क्यामेरामार्फत् खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो । 

असोज १८ गते नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिनुभयो । “असोज १८ गते नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाएका छौं, वनक्षेत्रमा राखिएका तीन वटा केजमध्ये हाल दुई वटा केज सञ्चालनमा छन्, आज फेरि अर्को चितुवा फसेको छ” उहाँले भन्नुभयो ।

चितुवालाई नियन्त्रणमा लिनका लागि हरेक केजमा एक एकवटा बाख्रा राखिएको थियो । बाख्रा राखिएको केजमा चितुवालाई फसाएर नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत चौधरीले बताउनुभयो ।

भदौ ३० गते रातिदेखि बेपत्ता हुनुभएकी बालिका लक्ष्मीको शव असोज १ गतेका दिन घरदेखि करिब १ किलोमीटर पश्चिमतर्फको जङ्गलबाट जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा दाहिने खुट्टा मात्र फेला परेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…