Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

सम्वाददाता

सम्वाददाता

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै
ADVERTISEMENT

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । 

सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले अध्ययन गरेका कारागारका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले जानकारी दिनुभयो । कैदीबन्दीलाई प्रअ पौडेलबाहेक कारागारभित्रका अन्य दुई बन्दीले अध्ययन गर्न सहयोग गर्नुभएको छ । 

प्रअ पौडेलले १८ देखि ५५ वर्षसम्मका कैदीबन्दीले कारागारमा स्वअध्ययन गरिरहेका जानकारी दिँदै नैतिक शिक्षाका बारेमा पनि अध्यापन थालिएको बताउनुभयो । “परीक्षाको फर्म खुलेको समयमा फर्म भरेर बन्दीले सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्छन्”, उहाँले भन्नुभयो । 

जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरुले नेपालगञ्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिएका पौडेलको भनाइ छ । स्वअध्ययन गरेर कैदमुक्त भएपछि आफ्नो पेसामा लाग्न सजिलो हुने उल्लेख गर्दै उहाँले बन्दीले आवश्यकताअनुसार पढ्दै गएका बताउनुभयो । 

पढ्ने कैदीबन्दी तथा थुनुवाहरुमध्ये लागुऔषध दुव्र्यसन मुद्दामा कारागारमा रहेका धेरै छन् । विसं २०५० देखि सो कारागारमा अध्ययन, अध्यापन हुँदै आएको प्रअ पौडेलले जानकारी दिनुभयो । “पढ्नेहरुको सङ्ख्या बढी हुँदा कक्षा लिन असजिलो भएको छ”, उहाँले भन्नुभयो । 

कारागारभित्र कक्षा १ मा पढने २५, कक्षा २ मा २०, कक्षा ३ मा १५, कक्षा ४ मा २० र ५ कक्षामा १५ जना छन् । यसबाहेक १० जना कक्षा ६ देखि स्नातकोत्तर तह अध्ययन गर्नेछन् । उनीहरुलाई जीवन उपयोगी शिक्षाका साथसाथै योग र ध्यानका कक्षा पनि आवश्यक भएको पौडेलले बताउनुभयो । कैदीबन्दी तथा थुनुवालाई बुद्धसँग सम्बन्धित पाठ्यपुस्तक परीयति शिक्षासमेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला कारागार बाँकेका निमित्त प्रमुख जेलर कविराम बुढाथोकीले बन्दीलाई मानसिक तनाबबाट मुक्त हुन स्वअध्ययन प्रभावकारी हुने उल्लेख गर्दै बन्दी जीवन बिताएका बन्दी सामाजिक जीवनमा प्रवेश गर्दा सामाजिकीकरण हुने बताउनुभयो । उहाँले बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरुले लाभ लिएका उल्लेख गर्नुभयो । कारगारमा अहिले छ सय ८७ कैदीबन्दी तथा थुनुवा छन् ।  

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…