Pairabi logo

माघ १२, २०८२, आइतबार                    

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व संकलन

सम्वाददाता

सम्वाददाता

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व संकलन
ADVERTISEMENT

बर्दिया, ५ भदौ : पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०र८१ मा वन पैदावार बिक्रीबापत् रु एक करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट रु आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत रु एक करोड २७ लाख ३३ हजार ८२ सङ्कलन गरेको छ । 

त्यस्तै दण्ड सजायबाट रु २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट रु तीन लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट रु दुई करोड ८४ लाख चार हजार पाँच राजस्व सङ्कलन गरी कूल रु चार करोड ५२ लाख आठ हजार छ सय २६ सङ्कलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिनुभयो । 

निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चार ओटा मुद्दा फैसला भएका छन् । बाँकी मुद्दा क्रमशः फैसला गरिँदै लगिने जनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मूलुकका गरी कूल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउनुहुन्छ ।

पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन् । जङ्गल ‘वाक’ तथा सफारी गर्दै घण्टाँै कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताउनुभयो । निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…