Pairabi logo

पुस १२, २०८२, शनिबार                    

नेपालगञ्ज १३ बुलबुलियामा टोल विकास समिति गठन

डेक्स

डेक्स

नेपालगञ्ज १३ बुलबुलियामा टोल विकास समिति गठन
ADVERTISEMENT

नेपालगन्ज २ भदौ । जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १३ बुलबुलिया शान्तिनगरका स्थानीयहरुले टोल विकास समिति गठन गरेका छन् ।

उक्त वडाका स्थानीयहरुको शनिबार भएको वृहत भेलाले नीरज गौतमको अध्यक्षतामा ११ सदस्यीय ‘बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समिति’ गठन गरिएको हो । नवगठित समितिको संरक्षकमा वडा नं। १३ का अध्यक्ष सुरेशसिंह ठाकुरलाई राखिएको छ । समितिमा संरक्षकको पद पदेन रहने व्यवस्था गरिएको छ ।

वडा अध्यक्ष ठाकुरको विशेष उपस्थितीमा भएको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा सविता रिजाल, सचिवमा रामकुमार देवकोटा, कोषाध्यक्षमा बखत कार्की, सदस्यहरुमा शशि देवकोटा, राजुविक्रम शाही, हेमराज अधिकारी, रोशन केसी, प्रभा पौडेल, लाला चौधरी थारु र सतिश सिंह रहनु भएको छ ।

नवगठित समितिको बसेको पहिलो बैठकले सामाजिक अभियन्ता विष्णुप्रसाद सुवेदी र कृष्णप्रसाद अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको छ भने अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा बैंकमा समितीको खाता सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भेलाका सहभागि सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

यस्तै, समितिको गतिविधि संचालनका लागि समितिका सम्पूर्ण साधारण सदस्यहरुवाट मासिक रु। १०० आर्थिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ भने शुरुवाती चरणमा समितको गतिविधि सञ्चालनका लागि रकम आवश्यकता पर्ने अवस्थालाई दृष्टिगत गरी कार्यसमिति सदस्यवाट जनही रु एक हजार संकलन गरिएको छ ।

कार्यसमिति बैठकले प्रत्येक साताको शनिवार टोलको नियमित सरसफाई गर्ने, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने स्थानमा सीसी क्यामरा जडान गर्ने, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण र सम्बद्र्धन गर्नेलगायतका निर्णय समेत गरेको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…