Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगञ्ज १३ बुलबुलियामा टोल विकास समिति गठन

डेक्स

डेक्स

नेपालगञ्ज १३ बुलबुलियामा टोल विकास समिति गठन
ADVERTISEMENT

नेपालगन्ज २ भदौ । जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १३ बुलबुलिया शान्तिनगरका स्थानीयहरुले टोल विकास समिति गठन गरेका छन् ।

उक्त वडाका स्थानीयहरुको शनिबार भएको वृहत भेलाले नीरज गौतमको अध्यक्षतामा ११ सदस्यीय ‘बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समिति’ गठन गरिएको हो । नवगठित समितिको संरक्षकमा वडा नं। १३ का अध्यक्ष सुरेशसिंह ठाकुरलाई राखिएको छ । समितिमा संरक्षकको पद पदेन रहने व्यवस्था गरिएको छ ।

वडा अध्यक्ष ठाकुरको विशेष उपस्थितीमा भएको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा सविता रिजाल, सचिवमा रामकुमार देवकोटा, कोषाध्यक्षमा बखत कार्की, सदस्यहरुमा शशि देवकोटा, राजुविक्रम शाही, हेमराज अधिकारी, रोशन केसी, प्रभा पौडेल, लाला चौधरी थारु र सतिश सिंह रहनु भएको छ ।

नवगठित समितिको बसेको पहिलो बैठकले सामाजिक अभियन्ता विष्णुप्रसाद सुवेदी र कृष्णप्रसाद अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको छ भने अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा बैंकमा समितीको खाता सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भेलाका सहभागि सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

यस्तै, समितिको गतिविधि संचालनका लागि समितिका सम्पूर्ण साधारण सदस्यहरुवाट मासिक रु। १०० आर्थिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ भने शुरुवाती चरणमा समितको गतिविधि सञ्चालनका लागि रकम आवश्यकता पर्ने अवस्थालाई दृष्टिगत गरी कार्यसमिति सदस्यवाट जनही रु एक हजार संकलन गरिएको छ ।

कार्यसमिति बैठकले प्रत्येक साताको शनिवार टोलको नियमित सरसफाई गर्ने, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने स्थानमा सीसी क्यामरा जडान गर्ने, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण र सम्बद्र्धन गर्नेलगायतका निर्णय समेत गरेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…