Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

डेक्स

डेक्स

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक
ADVERTISEMENT

नेपालगन्ज, ३० साउन : बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीसहित १३ खसी बाख्रा मरेका थिए ।  

पूर्व–पश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्षेत्रमा गतवर्ष यात्रुबाहक बसको ठक्करबाट पाँच पशुचौपाया मरेका थिए । विभिन्न समयमा हुने यस्ता दुर्घटनाबाट राजमार्ग क्षेत्रका सर्वसाधारणले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्दै आएका छन् । 

पशुपालक किसान सडक दुर्घटनाको जोखिममा पर्दै आएको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो । गाईवस्तुलाई जङ्गल लैजाने र घर फर्काउने क्रममा राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।

बाँकेमा गत आर्थिक वर्षमा दुर्घटनामा परी १२ पशुचौपायाको ज्यान गएको र तीन पशुचौपाया घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालक र सडक प्रयोगकर्ताको लापरबाहीका कारण हुने गरेको उहाँले बताउनुभयो ।

“सवारी दुर्घटना भएकामध्ये अधिकांश लापरबाहीका कारण भएका छन् । चालकको लापरबाही प्रमुख कारण हो भने केही दुर्घटना सडक प्रयोगकर्ताले सावधानी नअपनाउँदा भएका छन्”, प्रहरी प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना भई ज्यान जाने गरेको छ ।”

गत आवमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा दुई सय १२ नागरिक घाइते भएका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बेलाबेलामा राडर गनसहितको जाँच गर्नुका साथै सचेतनाका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

राप्ती सोनारी–९ ढकेरीका नागरिक अगुवा विश्वराज खनालले राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न सवारी चालकसँगै आम नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…