Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

बैकुण्ठधाम सिधनियाघाटका लागि स्रोतको खोजी गरिंदै

डेक्स

डेक्स

बैकुण्ठधाम सिधनियाघाटका लागि स्रोतको खोजी गरिंदै
ADVERTISEMENT

नेपालगन्ज, २७ साउन । बाँकेको राप्ती नदी सिधनियाघाटमा बैकुण्ठधामको निमार्ण हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं. ५स्थित राप्तीनदीमा शब दहनका लागि बैकुष्ठधाम निमार्णको कार्य अघि बढेको हो । उक्त स्थानमा बैकुण्ठधामसंगै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने गुरुयोजना रहेको बैकुण्ठधाम निमार्ण तथा व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 

उहाका अनुसार बैकुण्ठधाम निर्माणका लागि समितिले सिधनियाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि बैना समेत दिइसकेको छ । प्रतिकठ्ठा रु आठ लाखका दरले चार जना जग्गाधनीलाई बैना रकम दिइएको हो । थप १९ कठ्ठा जग्गा खरिद गर्ने समितिको योजना रहेको छ ।

बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, सार्वजनिक शौचालय, योग आश्रम, बाचनालय बनाउने योजना अघि सारिएको समितिका सदस्य डा बद्री चापागाईले बताउनुभयो । 

अहिले शुरुवाती चरणमा केही स्रोत संकलन गरेर जग्गा खरिदको प्रक्रिया अघि बढाइएको समितिका सदस्य श्रीराम सिग्देलले बताउनुभयो । उहाँका अनुसार गुरुयोजना अनुसार बैकुण्ठधामसहितको संरचना तयार गर्न ठुलो रकम लाग्ने भएकाले यसमा तीनवटै सरकारलगायत सबैको सहयोगको खाचो रहेको औल्याउनुभयो । 

स्रोतको व्यवस्थापनका लागि बैकुण्ठधाम अध्यात्मिक महोत्सव गर्न लागिएको छ । प्रमुख कथावाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको उपस्थितीमा महायज्ञ गरिने छ । आगामी कार्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव गरिने तयारी गरिएको समितिका अर्का सदस्य भोला महतले बताउनुभयो ।

नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीहरुको समूहले बनाएको मल्हमपट्टी गु्रपको अगुवाईमा गठित बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाईमा उक्त अध्यात्मिक महोत्सव गर्न लगाइएको हो । 

वाचन शिरोमणी पण्डित पाखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा रु २० करोड रकम संकलन हुने उद्घोष गर्नुभयो ।

महायज्ञमा प्रवचनसँगै शालिग्रामको दर्शन, ब्रतबन्ध, विवाह, चौरासी पूजा, रुद्री, ग्रहशान्तिलगायतका अनुष्ठान गरिनेछ । आज नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको छ । 

ताजा

सबै

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …