Pairabi logo

माघ १२, २०८२, आइतबार                    

पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

सम्वाददाता

सम्वाददाता

पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे
ADVERTISEMENT

नेपालगन्ज ११ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताउनुभएको छ ।

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरिएको र त्यसको गहिरो अध्ययन गरेर तीन महिनाभित्र नीति बनाउने उल्लेख गर्नुभयो ।

“अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन ऐन पनि समयसापेक्ष निर्माण गरी यथाशिघ्र कानुन बनाउनेतर्फ लागिपरेका छौँ ।”

मन्त्री पाण्डेले लुम्बिनी पर्यटनको क्षेत्रमा विशेष सम्भावना बोकेको प्रदेश भएकाले यहाँको पर्यटन तथा होटल व्यवसायको विकासका लागि सरकारको विशेष चासो रहने बताउनुभयो । 

“हामी राजनीति गर्नेले राजनीतिक धर्म निर्वाह गछौंँ, होटल तथा पर्यटन व्यवसायीले पनि आफ्नो पवित्र पेशामा धर्म र निष्ठा निर्वाह गर्नुहोस्”, मन्त्री पाण्डेले भन्नुभयो, “अतिथिको सत्कार गर्दै हाम्रो संस्कृतिको विशिष्टतालाई उजागारसँगै संस्कृति र प्रकृतिको बजारिकरण गर्नसके होटल तथा पर्यटन क्षेत्र फस्टाउने छ ।”

नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटक भित्र्याउने अवसर रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी दिनमा सोहीअनुसार सरकारले काम गर्ने बताउनुभयो । राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच सत्ता सहकार्य भएको उहाँको भनाइ थियो ।  

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले लुम्बिनी प्रदेशमा करिव ११ हजार होटल व्यवसायीले रु दुई खर्बको लगानी गरी वार्षिक करिव रु ४० करोड राज्यलाई कर तीर्दै आएका बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लाका दुई सय प्रतिनिधि सहभागि रहेको सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका महासचिव दधिराम भण्डारीले जानकारी दिनुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…