Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

रक्तसंचार सेवा दिवसमा रक्तदातालाई सम्मान

सम्वाददाता

सम्वाददाता

रक्तसंचार सेवा दिवसमा रक्तदातालाई सम्मान
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा
नेपालगंज, ११ श्रावण/ नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगंजमा दिवस मनाइएको छ ।  

दिवसका अवसरमा पोजेटिव समुहका २५ पटक भन्दा बढी र दुलर्भ नगेटिव समुहका १५ पटक भन्दा बढी रक्तदान गर्ने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता प्रदान गरिएको छ ।वि।स। २०२३ सालमा रक्तसंचार सेवा स्थापना भएको थियो ।

नेरेसो प्रादेशिक रक्तसंचार सेवा नेपालगंजबाट आ।बा। २०७९/०८० मा बार्षिक १३ हजार ४ सय ९० सकंलन र १९ हजार ९ सय ९३ पिन्ट रगत वितरण भएको रक्तसंचार सेवाका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो । १०० पटक रक्तदान गर्नुहुने शतक रक्तदाता पवन जयसवाललाई नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, सनतकुमार रेग्मी र शाखा सभापति गोवर्धन सिंह सम्झनाले प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।  

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रक्तसंचार सेवा रक्तदाताहरुबाट नै संचालन हुने हुदाँ यस महान कार्यमा योग्दान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सम्मान ग्रहण गर्दै शतक रक्तदाता पनव जयसवालले हरेक व्यक्तिले ३/३ महिनामा रक्तदान गरेमा स्वस्थ्य हुने र मानव जीवन रक्षा हुने बताउँदै युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, नेपाल रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, स्वयंसेवी रक्तदाता पवन जयसवाल, नेरेसो बाँके शाखााका उपनिर्देशक दोलखबहादुर डाँगी, लगायतले विचार व्यक्त गर्नु भएको थियो भने आजीवन सदस्यता प्राप्त गर्ने व्यक्तिहरुलाई नेरेसो जिल्ला कार्यसमिति सदस्य सनतकुमार रेग्मी, मीनबहादुर मल्ल, गुलाब सिंह ठाकुर, सीता शर्मा पोख्रेल र खगेसरी भण्डारीले प्रदान गर्नु भएको थियो ।

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…