Pairabi logo

असोज २६, २०८३, सोमबार                    

रक्तसंचार सेवा दिवसमा रक्तदातालाई सम्मान

सम्वाददाता

सम्वाददाता

रक्तसंचार सेवा दिवसमा रक्तदातालाई सम्मान
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा
नेपालगंज, ११ श्रावण/ नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगंजमा दिवस मनाइएको छ ।  

दिवसका अवसरमा पोजेटिव समुहका २५ पटक भन्दा बढी र दुलर्भ नगेटिव समुहका १५ पटक भन्दा बढी रक्तदान गर्ने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता प्रदान गरिएको छ ।वि।स। २०२३ सालमा रक्तसंचार सेवा स्थापना भएको थियो ।

नेरेसो प्रादेशिक रक्तसंचार सेवा नेपालगंजबाट आ।बा। २०७९/०८० मा बार्षिक १३ हजार ४ सय ९० सकंलन र १९ हजार ९ सय ९३ पिन्ट रगत वितरण भएको रक्तसंचार सेवाका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो । १०० पटक रक्तदान गर्नुहुने शतक रक्तदाता पवन जयसवाललाई नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, सनतकुमार रेग्मी र शाखा सभापति गोवर्धन सिंह सम्झनाले प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।  

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रक्तसंचार सेवा रक्तदाताहरुबाट नै संचालन हुने हुदाँ यस महान कार्यमा योग्दान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सम्मान ग्रहण गर्दै शतक रक्तदाता पनव जयसवालले हरेक व्यक्तिले ३/३ महिनामा रक्तदान गरेमा स्वस्थ्य हुने र मानव जीवन रक्षा हुने बताउँदै युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, नेपाल रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, स्वयंसेवी रक्तदाता पवन जयसवाल, नेरेसो बाँके शाखााका उपनिर्देशक दोलखबहादुर डाँगी, लगायतले विचार व्यक्त गर्नु भएको थियो भने आजीवन सदस्यता प्राप्त गर्ने व्यक्तिहरुलाई नेरेसो जिल्ला कार्यसमिति सदस्य सनतकुमार रेग्मी, मीनबहादुर मल्ल, गुलाब सिंह ठाकुर, सीता शर्मा पोख्रेल र खगेसरी भण्डारीले प्रदान गर्नु भएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…