Pairabi logo

माघ १२, २०८२, आइतबार                    

दाङमा जडीबुटी उत्पादन बढ्यो

सम्वाददाता

सम्वाददाता

दाङमा जडीबुटी उत्पादन बढ्यो
ADVERTISEMENT

दाङ, ८ साउन : दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

 आर्थिक वर्ष २०८०/०८१ मा  ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।  गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो ।

उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ । 

वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ । 

उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर रु ५ लाख ६१ हजार ५ सयमा सीमित  भएको थियो । यद्यपि गत आर्थिक वर्ष २०८०/०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ ।

उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९/०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएकोे थियो ।

टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा  रहेको जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्वर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…