Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

बाँके निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ

सम्वाददाता

सम्वाददाता

बाँके निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ
ADVERTISEMENT

नेपालगन्ज, ४ साउन । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षीय मोहन थारु रङ्गेहात पक्राउ परेका हुन् । 

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो । थारुको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरिएको छ ।

पक्राउ परेका थारुविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको जनाउँदै प्रमुख संरक्षण अधिकृत शाहले चोरी शिकारीमा संलग्न अन्यको बारेमा पनि सोधपुछ गरिरहेको बताउनुभयो । 

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने क्रम बढेपछि निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिंदै आएका छन् । सोही गस्ती टोलीले थारुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका थारुविरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजाना अन्तर्गत मुद्दा चलाइने बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…