Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

सम्वाददाता

सम्वाददाता

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे
ADVERTISEMENT

बर्दिया ४ साउन : पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।

कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनुभयो । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । सोबापत निकुञ्जलाई रु दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन्। गत आवमा निकुञ्जले रु दुई करोड ८४ लाख पर्यापर्यटनमार्फत आम्दानी गरेको छ । 

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताउनुभयो । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । 

निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताउनुभयो । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुशी भएका छन्।

पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताउनुभयो । यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उहाँको भनाइ छ । 

निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताउनुभयो । “अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन् । अन्य देशका पर्यटक सफारी रोज्छन्। जङ्गलमा डढेलो लागेको अवस्था बाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन्”, उहाँले भन्नुभयो । 

निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ । विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन् । अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ ।

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…