Pairabi logo

कात्तिक ०२, २०८१, शुक्रबार                    

आगलागीका घटना नियन्त्रण गर्न नेपालगन्जका साँगुरा गल्लीमा पानीको व्यवस्थापन

डेक्स

डेक्स

आगलागीका घटना नियन्त्रण गर्न नेपालगन्जका साँगुरा गल्लीमा पानीको व्यवस्थापन
ADVERTISEMENT

परम्परागत इनारको संरक्षण
राकेशकुमार मिश्र 

नेपालगन्जमा जनघनत्व उच्च छ । नेपालगन्ज एक्लैनीका स्थानीयलाई आगलागीको घटनाले जहिले पनि चिन्तित बनाउछ । शहरभित्र साँगुरिएको घर र गल्लीमा सहज रुपमा दमकल आउने सम्भावना नदेखिएपछि आगलागीको डर अब केही हदसम्म हटेको छ । शहरभित्र  पानीको पाइप जडानले पानीको स्रोतको उपलब्धताले जोखिम न्युनीकरणमा सहयोग पुगेको स्थानीयहरु बताउँछन । 

एक्लैनीका कस्मेटिक व्यापारी युनुस हलवाईको पसलमा केही दिन अघि आगो लागेको थियो । आगो लाग्नेवित्तिकै त्यहाँ जडान गरिएको फायर स्ट्रिङ्गेसरले तत्काल आगो निभाउनले आगो लाग्न पाएन र अहिले जोखिम न्युनीकरणमा सहजता भएको छ । 

नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार)लाई संरक्षण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगलागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कुवा (इनार) संरक्षण गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको सहयोगमा नेपालगन्जमा कुवाको संरक्षण गरि पानी सकंलन केन्द्रको रुपमा स्थापना गरिएको नेपाल रेडक्रस सोसाईटी बाँके सभापति गोबद्र्धनसिंह सम्झनाले बताउनुभयो । 
नेपालगन्ज पुरानो शहर हो । यहाँको रहस सहन बसोबास भिन्न छ । बजारको मुख्य केन्द्रको रुपमा रहेको एकलैनी, कुम्हारनटोल लगायतका गल्ली सडक निकै साँगुरो रहेका छन । उहाँले भन्नुभयो,‘ती स्थानमा विपद्जन्य घटना घटेमा जोखिम न्युनीकरण गर्न कुवाँको पानीले सहयोग गर्नेछ ।’ सुपर परियोजनाले नेपालगन्जमा विपद्को जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि थुप्रै काम गरेको सभापति सम्झना बताउनुहुन्छ । 

वडा नं ७ मा पुराना कुवा (इनार)लाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा संकलन गरिराख्ने व्यवस्था मिलाइएको नेपालगन्ज उपमहानगरपालिका वाताबरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसीले जानकारी दिनुभयो । “वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला पानी प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ”, डिसीले भन्नुभयो, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिनेछ ।”

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ जना सवयम्सेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ । 

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यस विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार नेपालगन्ज वार्ड नं. ७ मा इनारलाई संरक्षण गरि चार हजार लिटर पानी भण्डारण गरिएको छ । 

प्राचीनकालदेखि खानेपानीको विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “प्रयोगमा आउन छाडेपछि पुरिएका कुवाको पुनःनिर्माण गरेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छाँ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो,“स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मतसम्भार गर्ने योजना छ ।”

पुनः निर्माण गरी सञ्चालनमा ल्याइएका इनारको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । इनारलाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

वर्षौंदेखि प्रयोगविहीन रहेका इनारको मर्मत भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । स्थानीय चन्द्रकला गुरुङले कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको बताउनुहुन्छ ।  

वडा नं ७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदन-आश्रितमार्ग टोलमा रहेका पुराना इनारको संरक्षण गर्न लागेको छ । परापुर्वकालमा निर्माण गरिएको इनारलाई संरक्षण गरि पानी संकलन केन्द्रको रुपमा विकास गरिएको कार्य निकै राम्रो भएको स्थानीय अगुवा सुदिप भट्ट बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘परापुर्वकालमा निर्माण गरिएका इनारलाई अहिले बैकल्पिक रुपमा प्रयोग गर्न मिलेको छ, पानीलाई पिउनका लागि नभएपनि विपद् व्यवस्थापन तथा घरायसी कार्यका लागि प्रयोग गर्न मिलेको छ ।’ सुपर परियोजनाले नेपालगन्जमा दमकल जान नसक्ने स्थानमा पानीको स्रोतको रुपमा पाईपमार्फत व्यवस्थापन गरेको छ । 

दमकललाई पानीको स्रोत

नेपालगन्जमा दमकल (बारुण यन्त्र)लाई चाहिने पानीको स्रोतको व्यवस्थापनका लागि पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । आगलागीका घटना नियन्त्रण गर्नका लागि दमकलमा पानी भर्ने स्थानको अभावमा पानी समक केन्द्र (पानी ट्यांकी/भण्डारण)को स्थापना गरिएको हो । 

आगलागीका घटनामा आकस्मिक सेवाका लागि नगरका विभिन्न नाकामा सहज रुपमा पानीको स्रोतको भण्डारण केन्द्र नहुदा समस्या थियो । उक्त समस्यालाई मध्यनजर गर्दै सुपर परियोजनाले नेपालगन्ज खानेपानी संस्थान कार्यालय अगाडी पानी समक केन्द्र स्थापना गरेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

अहिले नेपालगन्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको अन्डरग्राउण्ड पानी ट्यांकी रहेको बारुण यन्त्र इकाई प्रमुख झइन बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ । 

नेपालगन्जको खानेपानी संस्थान कार्यालयमा चार लाख ५० हजार लिटर र कार्यालय अगाडी सुर्खेतरोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरि कुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार मुख्य पानी ट्यांकीबाट १० मिनेट समय लाग्छ । 

नेपालगन्जमा सबै भन्दा बढी आगलागीका घटना 

नेपालगञ्ज शहर विकास, बिस्तार र बाक्लिने क्रमसंगै यहाँ आगलागीका घटना बढन थालेको तथ्यांकले देखाउछ । विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना भएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका बारुण यन्त्र इकाईको तथ्यांकमा २०७४ देखि २०८० चैतसम्म ६ वर्षको अवधिमा नेपालगञ्जमा ४७५ वटा आगलागीका घटना भएका छन् । 

बारुण यन्त्रकै २०७६ देखि २०८० चैतसम्मको चार वर्षे तथ्यांकमा भने नेपालगञ्जमा ३७५ आगलागीका घटना भएको उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी विद्युत शर्ट सर्किटका कारण ४२ प्रतिशत अर्थात १५८ आगलागीका घटना भएका छन् । 

विद्युत शर्ट सर्किटपछि अन्य अग्निजन्य क्रियाकलापबाट ९५ वटा आगलागीका घटना भएका छन् । उक्त अवधिमा भान्साघरवाट ७४ र व्यवसायिक पसलमा ६० आगलागीका घटना भएको बारुण यन्त्र इकाईका प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार, पछिल्लो चार वर्षको अवधिमा नेपालगञ्जमा दिउसोको समयमा १२९ र रातिका समयमा ११९ आगलागीका घटना भएका छन् । 

बारुण यन्त्र इकाईको भवन निर्माणाधिन अवस्थामा रहेकाले कर्मचारीलाई कार्यालयमा बसउठ गर्न समस्या रहेको खड्काको गुनासो छ । नेपालगञ्जको बारुण यन्त्र इकाईको दमकलले नेपालगञ्जमा मात्र नभई उक्त अवधिमा बाँकेको डुडुवामा २८ पटक, जानकीमा ३५, खजुरामा ११, कोहलपुरमा १२, नरैनापुरमा ४ र राप्तीसोनारी गाउँपालिकामा ५ पटक आगो निभाएको इकाईले जनाएको छ । 

इकाई प्रमुख खड्काले भन्नुभयो–‘नेपालगञ्ज कार्यक्षेत्र हुँदाहुँदै पनि हामीले बाँकेका सबै पालिकामा हुने गरेको आगलागीका घटना नियन्त्रणमा लिने गरेका छौ ।’ खड्का भन्नुहुन्छ, ‘हाम्रो दमकलले भारतको सीमावर्ती वस्तीमा हुने गरेको आगलागी समेत निभाउने गरेको छ ।’ 

नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्र इकाईसंग अहिले तीन ठूला दमकल र एउटा फायर बाईक रहेको छ । बारुण यन्त्र इकाईका १४ जना दक्ष जनशक्तिसहितको अग्नि नियन्त्रकको टिमले नेपालगञ्जलगायत बाँकेका सबै पालिकामा हुने गरेको आगलागीका घटना यथोचित समयभित्र नियन्त्रणमा लिने गरेका छन् । 

बाँकेको नेपालगन्जमा ३ वटा, कोहलपुर नगरपालिकासंग १ वटा र नरैनापुर गाउँपालिकासंग १ वटा दमकल रहेको छ । नेपालगन्जमा आगलागी नियन्त्रणको संयन्त्रलाई थप प्रभावकारी बनाउन बाँकेका अन्य पालिकासंग समेत समन्वय र सहकार्य गरि अग्नीनियन्त्रणका थप साधन स्रोतको व्यवस्थापन गरिने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो ।

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर)ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारण स्थापित र विपद् पुर्व तयारीका लागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने (जस्तै रेट्रोफिटिङ्ग, स्वय्मसेवक तालम, आगलागी समन्धी अभिमुखीकरण, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ ।

ताजा

सबै

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

नेपालगन्ज, २ कार्तिक :बाँकेको बैजनाथ गाउँपालिका३ स्थित सुतैया ताल यस क्षेत्रका आन्तरि…

गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज १ कार्तिक ।बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरतीम…

जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस्ः राष्ट्रपति

बाजुरा, १ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको…

बाँकेका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै

नेपालगन्ज, १ कात्तिकः बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उन…

लोकप्रिय

सबै

गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज १ कार्तिक ।बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरतीम…

सिधनिया घाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदै

नेपालगन्ज १ कार्तिक । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरती…

गुल्जार ए अदबमा गजल बाचन

नेपालगन्ज २८ असोज । नेपालगञ्जस्थित गुल्जारए अदबको नियमित मासिक गजल गोष्ठी उर्दू गरिएक…

बाँकेका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै

नेपालगन्ज, १ कात्तिकः बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उन…

यो पनि

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

नेपालगन्ज, २ कार्तिक :बाँकेको बैजनाथ गाउँपालिका३ स्थित सुतैया ताल यस क्षेत्रका आन्तरि…

गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज १ कार्तिक ।बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरतीम…

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

नेपालगन्ज,३० असोजः बाँके जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवा…

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

नेपालगन्ज, २७ असोज :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्…