Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

बालअधिकार सम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम

डेक्स

डेक्स

बालअधिकार सम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम
ADVERTISEMENT

नेपालगन्ज ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

“बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । बालबालिकामाथि हुने हिंसा, शोषण, दुर्व्यवहार तथा बालविवाहजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रम पीस नेपाल कपिलवस्तु र  बालअधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेश को आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी नागरिक समाजका प्रतिनिधि, बालअधिकारकर्मी तथा सरोकारवालाले बालअधिकार संरक्षणका चुनौती, अवसर तथा प्रभावकारी अनुगमन प्रणालीका विषयमा छलफल गरेका थिए ।

तालिममार्फत् बालअधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नागरिक समाजको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

पिस  नेपालका अध्यक्ष मणिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी , बाल अधिकारका लागि नागरिक सञ्जालका संयोजक शालिग्राम पाण्डे लगायतले प्रदेशमा बालअधिकारको अवस्था र नागरिक समाजको भूमिका बारेमा छलफल गरेका थिए। तालिममा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका नागरिक सञ्जालका अगुवा तथा बाल सन्जालको सहभागिता रहेको थियो।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

यो पनि

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…