Pairabi logo

माघ १२, २०८२, आइतबार                    

बाँके छिटईपुरवा पाझा गाउँमा आगलागी, ३२ घर जलेर नष्ट

सम्वाददाता

सम्वाददाता

बाँके छिटईपुरवा पाझा गाउँमा आगलागी, ३२ घर जलेर नष्ट
ADVERTISEMENT

डुडुवा (बाँके) ६ असार (रासस) : बुधबार राती आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. १ स्थित छिटईपुरवा पाझा गाउँमा भएको आगलागीबाट करिब ३२ बढी घर जलेर नष्ट भएको छ । 

बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३२ घर जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुसार राती ८ः३० बजे लागेको आगो स्थानीय जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा राती २ बजे नियन्त्रणमा आएको थियो । 

आगलागी भएलगत्तै नेपालगन्जबाट गएको वारुणयन्त्र गाउँ नजिक पुगेपनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको नेपाल रेडक्रस सोसाईटी बाँकेका स्थानीय स्वंयसेवक राम मनोहर यादवले बताउनुभयो । 

आगलागीबाट ३२ बढी परिवार घरबारविहिन भएपछि नजिकै रहेको सामुदायिक विद्यालय र आश्रयस्थलमा बसेको डुडुवा गाउँपालिकाले जनाएको छ ।  

अहिले क्षतिको यकिन बिवरण सङ्कलन गर्ने कार्य भइरहेको छ भने आगलागीबाट धेरै ठुलो परिमाणमा खाद्यान्न, लुगा लत्ता, भाडा बर्तन, नगद र गरहना समेत जलेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी, गाउँपालिका लगायतको टिम आगलागी घटनास्थलतर्फ गएको छ । 

अग्नीपिडितहरुका लागि डुडुवा गाउँपालिकाले तत्काल तयारी राहत सामाग्री समेत पठाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …