Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँके छिटईपुरवा पाझा गाउँमा आगलागी, ३२ घर जलेर नष्ट

सम्वाददाता

सम्वाददाता

बाँके छिटईपुरवा पाझा गाउँमा आगलागी, ३२ घर जलेर नष्ट
ADVERTISEMENT

डुडुवा (बाँके) ६ असार (रासस) : बुधबार राती आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. १ स्थित छिटईपुरवा पाझा गाउँमा भएको आगलागीबाट करिब ३२ बढी घर जलेर नष्ट भएको छ । 

बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३२ घर जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुसार राती ८ः३० बजे लागेको आगो स्थानीय जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा राती २ बजे नियन्त्रणमा आएको थियो । 

आगलागी भएलगत्तै नेपालगन्जबाट गएको वारुणयन्त्र गाउँ नजिक पुगेपनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको नेपाल रेडक्रस सोसाईटी बाँकेका स्थानीय स्वंयसेवक राम मनोहर यादवले बताउनुभयो । 

आगलागीबाट ३२ बढी परिवार घरबारविहिन भएपछि नजिकै रहेको सामुदायिक विद्यालय र आश्रयस्थलमा बसेको डुडुवा गाउँपालिकाले जनाएको छ ।  

अहिले क्षतिको यकिन बिवरण सङ्कलन गर्ने कार्य भइरहेको छ भने आगलागीबाट धेरै ठुलो परिमाणमा खाद्यान्न, लुगा लत्ता, भाडा बर्तन, नगद र गरहना समेत जलेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी, गाउँपालिका लगायतको टिम आगलागी घटनास्थलतर्फ गएको छ । 

अग्नीपिडितहरुका लागि डुडुवा गाउँपालिकाले तत्काल तयारी राहत सामाग्री समेत पठाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…