Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लामो दुरीबाट मापदण्ड विपरित पशु ढुवानी

डेक्स

डेक्स

लामो दुरीबाट मापदण्ड विपरित पशु ढुवानी
ADVERTISEMENT

नेपालगन्ज, १ असार।  मापदण्ड विपरित पशु ढुवानी हुँदा पशु तथा चौपायाले सास्ती खेप्न बाध्य भएका छन् । सरकारले ०६४ मा जारी गरेको मापदण्ड लागु नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशु ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको एनिमल नेपाल नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताउनुभयो ।

उहाँले पशु कल्याण मानवीय व्यवहार भएको उल्लेख गर्दै लामो दुरीबाट पशुको ढुवानी हुँदा मापदण्ड विपरित भएको बताउनुभयो । उहाँले भन्नुभयो “पशु चौपायालाई टाढाबाट ढुवानी गरेर लैजाँदा पनि उनीहरुले कुनै सास्ती नझेल्ने गरी लैजानुपर्छ तर त्यस्तो अवस्था देखिदैन् । ”

प्रमुख राणाले लामो दुरीमा पशु ढुवानी गर्दा उनीहरुलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक भएकोमा जोड दिँदै पशु कल्याणको विषय पशु ढुवानी मापदण्डमा पनि उल्लेख भएको बताउनुभयो । वि.स २०५५ को पशु सेवा ऐन र वि.स २०५६ मा जारी भएको नियमावलीअनुसार वि.स २०६४ मा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको छ । 

पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । शारीरिक बनावट फरक भएका पशु एउटा गाडीमा ढुवानी गर्न पाइँदैन । राँगाभैंसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर पनि बाँध्न नपाइने, राँगाभैंसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने ढुवानी मापदण्ड रहेको छ । 

पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र शून्य दशमलब ८४ देखि एक दशमलब २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र  गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । 

पशु ढुवानी गर्दा गाडीको रफ्तार प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्छ । जथाभावि ब्रेक लगाउन पाइँदैन प्रमुख राणको भनाई छ । 

बारा, पर्सा, लुम्बिनी र बर्दिया,कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैंसी काठमाडौं जाने गरेको एनिमल नेपालले जनाएको छ ।  पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले मापदण्ड विपरित काम गरेका धेरैलाई रु. ५००० सम्म जरिवाना गरिएको उल्लेख गर्दै यसमा नियमनको काम भइरहेको बताउनुभयो । 

पशु क्वारेन्टाइन, कञ्चनपुरका प्रमुख टीकाराम खनालले पशु ढुवानी गर्दा दाङको भालुबाङ र चितवनको रामनगरमा आन्तरिक चेक पोष्ट भएको जानकारी दिदै समस्या देखिए त्यहाँबाट दरपिठ हुने बताउनुभयो । “चेक पोष्टमा जनावर भोकै छ वा छैन, ढुवानी गर्दा कसरी राखिएको छ सबै हेरिएको हुन्छ ” उहाँले भन्नुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…