Pairabi logo

भदौ २७, २०८३, शनिबार                    

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

सम्वाददाता

सम्वाददाता

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी
ADVERTISEMENT

नेपालगञ्ज, २८ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ  भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । 

लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी मौरीले गर्मीका कारण अण्डा पार्न छाडेको जानकारी दिनुभयो । 

उहाँले गर्मीले मौरीको प्रजनन क्षमता पनि कमजोर हुने जनाउँदै जिल्लाको कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको दृश्यावलोकन स्तम्भमा तीन जना मौरीपालक कृषकका एक सय घार मौरीको बासस्थान निर्माण गरिएको बताउनुभयो । 

मौरीपालक कृषक बस्नेतले गर्मीबाट बचाउन मौरीलाई धेरै मेहनत गर्नुपर्ने जनाउँदै शीतल स्थान र खानेपानीको व्यवस्थापन जरुरी भएको र गर्मीका कारण मौरीलाई सकस छ, त्यसैले फूलमा आहार लिन जान पनि सक्दैनन् र मौरीको चाका पनि पग्लने डर हुन्छ”, उहाँले भन्नुभयो । 

कोहलपुरका केही मौरी पालक कृषकले गर्मी छल्न सुर्खेत आसपासका पहाडी जिल्लामा पनि मौरीको बासस्थान बनाएका छन् । खासगरी जेठ, असार, साउन र भदौ महिनामा धेरै गर्मी हुने भएकाले मौरीका लागि शीतल स्थानको खोजी हुने गर्छ । 

मौरीपालक कृषक बस्नेतले सामुदायिक वनमा जामुन, खयर भर्लोलगायत विभिन्न प्रजातिका रुखबिरुवा फुलेका र त्यसबाट केही आहारा मौरीले लिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । “अहिले धेरैजसो कृत्रिम आहारा मौरीलाई दिनुपर्छ, चिनी र चास्नीको घोल बनाएर दिनुपर्छ”, उहाँले भन्नुभयो । 

बस्नेतले विदेशमा जस्तै नेपालमा पनि प्रविधि भित्र्याएर मौरीलाई शीतलता दिन सकिनेमा जोड दिँदै गर्मीले अहिले सबैभन्दा बढी प्रभाव मौरीलाई परेको बताउनुभयो । “पानी नपरुञ्जेलसम्म मौरीलाई शीतलतामा राख्छौँ, पानी परेपछि घर लैजान्छौँ”, बस्नेतले भन्नुभयो । 

कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले कृषक नै अहिले धेरै सचेत भएको उल्लेख गर्दै मौरीलाई गर्मीबाट बचाउने छुट्टै प्रविधि नभएको बताउनुभयो । जिल्लाको कोहलपुरबाहेक खजुरा, वैजनाथ, राप्तीसोनारीलगायत पालिकामा कृषकले मौरीपालन गरेका छन् । केही कृषकले रैथाने जातको मौरी पालेका छन् । एउटा कृषकले उपकरणसहित न्यूनतम रु चार लाखदेखि रु १० लाखसम्म मौरीपालनमा लगानी गरेका छन् । 

ताजा

सबै

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुग…

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

लोकप्रिय

सबै

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

यो पनि

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…