Pairabi logo

मंसिर १८, २०८१, मंगलबार                    

वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

सम्वाददाता

सम्वाददाता

वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज २३ जेठ । नेपालगञ्जको वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा बुधबार बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरेका थिए । त्यसमा नेपाली सेनाका ६० जना, सशस्त्र प्रहरीका ४५ जना र नेपाल प्रहरीका २० जना सहभागी थिए ।

स्रोतसाधन, क्षमता र जनशक्तिको प्रभावकारी समन्वय गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाउन संयुक्तरूपमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।  वर्षेनी आउने बाढी र त्यसले पार्ने क्षती न्यूनीकरण गर्ने र सबै सरोकावालाबीचको समन्वय प्रभावकारी वनाउने उद्देश्यले कृत्रिम अभ्यास गरिएको हो ।

जिल्ला विपद समितिले बाँकेले विभिन्न प्रकोपबाट २५ हजार घरपरिवार र मनसुनजन्य विपदबाट १५ हजार घरपरिवार प्रभावित हुने आँकलन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र रिजाल, नेपाली सेनाको श्री नम्बर ४ बाहिनीका बाहिनीपति एवं सहायक रथी रोशन शमशेर जबरा र रेडक्रसका जिल्ला सभापति गोवद्र्धन सिंह सम्झनाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यस प्रकारको अभ्यास गरेर साधन, स्रोत र जनशक्तिलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । 

ताजा

सबै

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

नेपालगन्ज १६, मसिंर । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ दुई जना गर…

वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो

बर्दिया १४ मसिंर । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल …

बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

कमलराज पौडेल बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाक…

रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन

नेपालगन्ज, १२ मंसिर । सिमावर्ती बजार रुपईडिहामा दाँतको उपचारका लागि डा. शालिनी डे…

लोकप्रिय

सबै

बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

कमलराज पौडेल बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाक…

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

नेपालगन्ज १६, मसिंर । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ दुई जना गर…

वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो

बर्दिया १४ मसिंर । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल …

यो पनि

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, १२ मङ्सिर : राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषाको समाचार सेवा प्रवा…

गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा

गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा

बर्दिया, १२ मंसिर। बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहम…

सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज, मंसिर ११ । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही ग…