Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बर्दियाका युवतीहरुलाई सिप विकास तालिम

सम्वाददाता

सम्वाददाता

बर्दियाका युवतीहरुलाई सिप विकास तालिम
ADVERTISEMENT

नेपालगन्ज, १८ जेठ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन भएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् । 

बाँके युनेस्को क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरेको थियो ।  

ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरियो । 

ठाकुरबाबामा प्रमाणपत्र बितरण गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले व्यवसायिक तालिमको आयोजना गरेकोमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिँदै युवाले आफुले सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै आफ्नो व्यवसायलाई सुदृढ पार्नुपर्नेमा दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु र वडा नम्बर ५ का अध्यक्ष शम्भु प्रशाद थारुले पनि प्रमाणपत्र बितरण गर्नुभयो । 

सोही प्रकारले राजापुर नगरपालिकामा आयोजना गरिएको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गर्नुभयो । उहाँले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा सहयोग गर्ने बताउनुभयो । 

दुबै कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुवँर, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रविकुमार तुलाधर, संरक्षक राजेन्द्र चौधरी र राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधे कृष्ण थारु, मानसका खुशीराम थारु र फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजालको पनि उपस्थिति रहेको थियो ।

हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिममा आठ जना, गड्यौला मल बनाउने तालिममा १३ जना र अर्गानिक तरकारी खेती तालिममा ९ जनाको सहभागिता रहेको थियो । 

तालिमका प्रशिक्षकहरुमा बिर बहादुर हमाल (गड्यौला मल), बन्धिया थारु (हस्तकला बनाउने) र सीता चौधरी (अर्गानिक तरकारी खेती) रहनु भएको थियो । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…