Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जमा १५० नयाँ ट्रान्सफर्मरको  माग

डेक्स

डेक्स

नेपालगन्जमा १५० नयाँ ट्रान्सफर्मरको  माग
ADVERTISEMENT

नेपालगन्जः बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला यहाँको विद्युत अनियमितताले झन ठूलो समस्या निम्ताएको छ । तर नेपालगन्जको विद्युत वितरण केन्द्रले दिनहुँजसो विद्युतसँग सम्वन्धित मर्मत संहारको काम जारी रहेको जनाएको छ । 
विद्युतको माग बढी भएकाले ओभरलोड हुँदा विद्युत अनियमित हुने लगायतका समस्याको समाधान अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो । 
उहाँले नेपालगन्ज वितरण केन्द्रबाट वितरण हुने विद्युत आपूर्तिलाई चार सर्किटबाट जोडिएको जानकारी दिदै यो नै यस क्षेत्रका लागि विद्युत अनियमितता हुन नदिन अन्तिम विकल्प भएको उल्लेख गर्नुभयो । 
अब विद्युत अनियमितता नहोस भनेर भारतबाट समेत विद्युत आपूर्ति गर्न स्वीच जडान भएको समेत जानकारी दिदै उहाँले अझै केही मर्मत संहारको काम गर्न अझै कुनै दिन विहानपख २ घण्टा विद्युत अवरुद्ध हुने बताउनुभयो । हावा हुरी र बतासले ल्याएको समस्या समाधान गर्न करिव एक साता समय लागेको उल्लेख गर्दै लामिछानेले विग्रेका र पुराना ट्रान्सफर्मर बदल्न १५० नयाँ ट्रान्सफर्मर माग भएको बताउनुभयो । 
यता  विद्युत अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको संयोजकत्वमा संयन्त्र निर्माण भएको छ ।
नवगठित अनियमित विद्युत समस्या समाधान संयन्त्रको बिहीबार भएको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर वितरण केन्द्रसँग लिखित रूपमा समस्याको माग गर्ने, विद्युत नियमित गर्नका लागि रहेका अल्पकालीन, दीर्घकालीन समस्याको पहिचान गर्ने निर्णय गरेको नेपालगन्ज उद्योगा बाणिज्य संघले जनाएको छ । 

सो संयन्त्रमा  नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, पत्रकार महासंघका प्रतिनिधि, उच्च अदालत बार एशोसिएसनका प्रतिनिधि, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका महासचिव सदस्य सचिव रहने संयन्त्र निर्माण भएको संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले जानकारी दिनुभयो  ।  
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …