Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जमा १५० नयाँ ट्रान्सफर्मरको  माग

डेक्स

डेक्स

नेपालगन्जमा १५० नयाँ ट्रान्सफर्मरको  माग
ADVERTISEMENT

नेपालगन्जः बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला यहाँको विद्युत अनियमितताले झन ठूलो समस्या निम्ताएको छ । तर नेपालगन्जको विद्युत वितरण केन्द्रले दिनहुँजसो विद्युतसँग सम्वन्धित मर्मत संहारको काम जारी रहेको जनाएको छ । 
विद्युतको माग बढी भएकाले ओभरलोड हुँदा विद्युत अनियमित हुने लगायतका समस्याको समाधान अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो । 
उहाँले नेपालगन्ज वितरण केन्द्रबाट वितरण हुने विद्युत आपूर्तिलाई चार सर्किटबाट जोडिएको जानकारी दिदै यो नै यस क्षेत्रका लागि विद्युत अनियमितता हुन नदिन अन्तिम विकल्प भएको उल्लेख गर्नुभयो । 
अब विद्युत अनियमितता नहोस भनेर भारतबाट समेत विद्युत आपूर्ति गर्न स्वीच जडान भएको समेत जानकारी दिदै उहाँले अझै केही मर्मत संहारको काम गर्न अझै कुनै दिन विहानपख २ घण्टा विद्युत अवरुद्ध हुने बताउनुभयो । हावा हुरी र बतासले ल्याएको समस्या समाधान गर्न करिव एक साता समय लागेको उल्लेख गर्दै लामिछानेले विग्रेका र पुराना ट्रान्सफर्मर बदल्न १५० नयाँ ट्रान्सफर्मर माग भएको बताउनुभयो । 
यता  विद्युत अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको संयोजकत्वमा संयन्त्र निर्माण भएको छ ।
नवगठित अनियमित विद्युत समस्या समाधान संयन्त्रको बिहीबार भएको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर वितरण केन्द्रसँग लिखित रूपमा समस्याको माग गर्ने, विद्युत नियमित गर्नका लागि रहेका अल्पकालीन, दीर्घकालीन समस्याको पहिचान गर्ने निर्णय गरेको नेपालगन्ज उद्योगा बाणिज्य संघले जनाएको छ । 

सो संयन्त्रमा  नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, पत्रकार महासंघका प्रतिनिधि, उच्च अदालत बार एशोसिएसनका प्रतिनिधि, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका महासचिव सदस्य सचिव रहने संयन्त्र निर्माण भएको संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले जानकारी दिनुभयो  ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…