Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी

सम्वाददाता

सम्वाददाता

बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी
ADVERTISEMENT

नेपालगन्ज, जेठ १० । थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ ।  

थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याउनुभयो । 

कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताउनुभयो । थारु समुदायमा व्याप्त रहेको बालविवाह, चाँडै हुने विवाहको अन्त्यका लागि बरघरको भुमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै अध्यक्ष चौधरीले बरघर ऐन पारित गरेर बाल विवाह न्यूनीकरण गर्न भूमिका खेल्न स्थानीय निकायहरूसँग आग्रह गर्नुभयो । 

आयोगका अध्यक्ष चौधरीले देशका अन्य भागको तुलनामा थारु समुदायमा चुनौती बनेको बालविवाह र दाइजो प्रथा जस्ता सामाजिक विकृति अन्त्य गर्न सबैले सामूहिक रूपमा लाग्न जरुरी रहेको बताउनुभयो । 

बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी समस्या देखिने, लैङ्गिकहिंसा, यौनजन्यहिंसा, बालश्रम, बेचबिखन जस्ता हिंसाले बालिका थप पीडामा पर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । थारु आयोगका सदस्य सुबोध सिंह थारुले बालविवाह अन्त्यका लागि थारु आयोगले हरप्रकारको सहयोग गर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले धार्मिक सोंच र अन्धविश्वासले छोरी चेलीको विवाह छिटो गरिदिने समाजको चरित्र औल्याउँदै थारु समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा सामाजिक कारण रहेको बताउनुभयो । 

बर्दिया राजापुर शान्तिनगरकी बरघर शान्ति चौधरीले सामाजिक सञ्जालका कारण बालविवाहको घटना बढ्दो रहेको अनुभव सुनाउँदै सानो उमेरमा विवाह गर्दा जीवनमा धेरै कठिनाई हुने भएकोले सचेतना आवश्यक रहेको बताउनुभयो । 

प्लान इन्टरनेशनल नेपालका पश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका प्रबन्धक मिना पराजुलीले बरघरहरूले समाजको हितको लागि सामुहिक निर्णय लिने भएकोले थारु समाजमा रहेको बालविवाह न्यूनीकरणकालागि बरघरको भुमिका अहम् हुने हुँदा बालविवाह अन्त्यका लागि सहकार्य गरिएको बताउनुभयो । 

प्लान इन्टरनेशनल नेपालका निति प्रभाव प्रबन्धक इरशाद अन्सारीले थारु समाजमा रहेको बरघरहरूको प्रभावलाई बाल विवाहविरुद्धको सचेतनामा परिचालन गर्दा सकारात्मक परिणाम देखिने अपेक्षा गरिएकोले पहिलो पटक थारु आयोगसँग सहकार्य भइरहेको बताउनुभयो । 

कार्यक्रमा बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीले लुम्बिनी प्रदेशमा बाल विवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहको अवस्था बारे प्रस्तुती गर्दै २४.४ प्रतिशतले पहिलो बिवाह १५ देखि १७ बर्षको उमेरमा गर्ने गरेको, ७.४ प्रतिशतको पहिलो बिवाह १० देखि १४ को उमेर समुहमा हुने गरेको, ०।४ प्रतिशत बालबालिकाहरुको १० बर्षभन्दा कम उमेरमा बिवाह हुने गरेको तथा ३६.२ प्रतिशतको बिवाह १८ देखि २० बर्षको उमेरमा हुने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । 

सो कार्यक्रममा थारु कल्याणकारी बाँकेका सभापति बिनोद थारु, बेसका केन्द्रीय सदस्य सङ्गीता थारु लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…