Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी

सम्वाददाता

सम्वाददाता

बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी
ADVERTISEMENT

नेपालगन्ज, जेठ १० । थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ ।  

थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याउनुभयो । 

कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताउनुभयो । थारु समुदायमा व्याप्त रहेको बालविवाह, चाँडै हुने विवाहको अन्त्यका लागि बरघरको भुमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै अध्यक्ष चौधरीले बरघर ऐन पारित गरेर बाल विवाह न्यूनीकरण गर्न भूमिका खेल्न स्थानीय निकायहरूसँग आग्रह गर्नुभयो । 

आयोगका अध्यक्ष चौधरीले देशका अन्य भागको तुलनामा थारु समुदायमा चुनौती बनेको बालविवाह र दाइजो प्रथा जस्ता सामाजिक विकृति अन्त्य गर्न सबैले सामूहिक रूपमा लाग्न जरुरी रहेको बताउनुभयो । 

बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी समस्या देखिने, लैङ्गिकहिंसा, यौनजन्यहिंसा, बालश्रम, बेचबिखन जस्ता हिंसाले बालिका थप पीडामा पर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । थारु आयोगका सदस्य सुबोध सिंह थारुले बालविवाह अन्त्यका लागि थारु आयोगले हरप्रकारको सहयोग गर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले धार्मिक सोंच र अन्धविश्वासले छोरी चेलीको विवाह छिटो गरिदिने समाजको चरित्र औल्याउँदै थारु समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा सामाजिक कारण रहेको बताउनुभयो । 

बर्दिया राजापुर शान्तिनगरकी बरघर शान्ति चौधरीले सामाजिक सञ्जालका कारण बालविवाहको घटना बढ्दो रहेको अनुभव सुनाउँदै सानो उमेरमा विवाह गर्दा जीवनमा धेरै कठिनाई हुने भएकोले सचेतना आवश्यक रहेको बताउनुभयो । 

प्लान इन्टरनेशनल नेपालका पश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका प्रबन्धक मिना पराजुलीले बरघरहरूले समाजको हितको लागि सामुहिक निर्णय लिने भएकोले थारु समाजमा रहेको बालविवाह न्यूनीकरणकालागि बरघरको भुमिका अहम् हुने हुँदा बालविवाह अन्त्यका लागि सहकार्य गरिएको बताउनुभयो । 

प्लान इन्टरनेशनल नेपालका निति प्रभाव प्रबन्धक इरशाद अन्सारीले थारु समाजमा रहेको बरघरहरूको प्रभावलाई बाल विवाहविरुद्धको सचेतनामा परिचालन गर्दा सकारात्मक परिणाम देखिने अपेक्षा गरिएकोले पहिलो पटक थारु आयोगसँग सहकार्य भइरहेको बताउनुभयो । 

कार्यक्रमा बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीले लुम्बिनी प्रदेशमा बाल विवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहको अवस्था बारे प्रस्तुती गर्दै २४.४ प्रतिशतले पहिलो बिवाह १५ देखि १७ बर्षको उमेरमा गर्ने गरेको, ७.४ प्रतिशतको पहिलो बिवाह १० देखि १४ को उमेर समुहमा हुने गरेको, ०।४ प्रतिशत बालबालिकाहरुको १० बर्षभन्दा कम उमेरमा बिवाह हुने गरेको तथा ३६.२ प्रतिशतको बिवाह १८ देखि २० बर्षको उमेरमा हुने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । 

सो कार्यक्रममा थारु कल्याणकारी बाँकेका सभापति बिनोद थारु, बेसका केन्द्रीय सदस्य सङ्गीता थारु लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…