Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

योग समिति नेपाल बाँकेले स्थापना दिवस मनायो

सम्वाददाता

सम्वाददाता

योग समिति नेपाल बाँकेले स्थापना दिवस मनायो
ADVERTISEMENT

नेपालगञ्ज १० जेठ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैठों वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले बिहीबार नेपालगञ्जमा आफ्नो स्थापना दिवस मनाएको छ । 

औपचारिक कार्यक्रमअघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त बिष्टले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राख्नुभयो ।  

‘मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य छ,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘र योग समिति नेपाल योग सम्बन्धि सन्देश फैलाउन निरन्तर सक्रिय छ, त्यसका लागि समितिलाई धन्यवाद् ।’ उहाँले आफ्नो कार्यकाल अवधिमा नेपालगञ्जलाई योगमय बनाउने उद्घोष गर्नुभयो । 

योग समिति नेपाललाई अन्तर्राष्ट्रिय योग सम्मेलन गर्न अनुरोधसँगै नेपालगञ्जबासीलाई नियमित योग गर्न नगर प्रमुख बिष्टले अनुरोध गर्नुभयो । योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज–२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समितिका सल्लाहकार नन्दलाल बैश्य लगायतको उपस्थिति रहेको थियो । 

स्वागत गीत तथा नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, सुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदीले जानकारी दिनुभयो । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्न प्रेरित गर्न सफल बनेको छ । समितिल गर्दै आएको नियमित योगाभ्यास तथा उपस्थितिले सर्वसाधारणको प्रेरक समिति बनेको सर्वसाधारण बताउँछन् । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…