Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

डेक्स

डेक्स

नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सडकमा हिडने सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ । 
कुकुरले टोकेर हुने रेबीजको जोखिम घटाउन र कुकुरको बढ्दो जनसंख्या घटाउन भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको उपमहानगरपालिकाकी पशु शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिनुभयो । 
उहाँका अनुसार शुक्रबारबाट सुरु भएको बन्ध्याकरण शिवीरमा अहिलेसम्म ९७ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । 
“सामुदायिक कुकुरको जनसंख्या न्यूनीकरण र रेबीज न्यूनीकरणका लागि हामीले यो कार्यक्रम सुरु गरेको हौ” शाखा प्रमुख शाहीले भन्नुभयो । नेपालगन्जमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ । 
पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दोक्रमलाई घटाउनु यसको उद्देश्य भएको बताउनुभयो । 
उहाँले रेबीजसँगै अन्य विभिन्न रोगको संक्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकोमा जोड दिँदै  रेबीजका कारण हुने धेरै घटना भएको उल्लेख गर्नुभयो । 
पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम हुने जानकारी दिदै बन्ध्याकरणपछि कुकुर शान्त स्वभावको हुने बताउनुभयो । 
नेपालगन्जमा हुने विद्युत अनियमितताले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने काम गर्न कठिनाई भएको पशु चिकित्सक चौधरीको भनाई छ । ‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर ल्याएर कुकुरको बन्ध्याकरण गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाएर बन्ध्याकरण गरिएको चिकित्सकले जनाएका छन । बन्ध्याकरण कार्यक्रमका लागि रु. ६ लाख बढी खर्च हुने बताइएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …