Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

बाँकेमा लुम्बिनी प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

सम्वाददाता

सम्वाददाता

बाँकेमा लुम्बिनी प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा, 
नेपालगंज ५ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा २ दिवसीय दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरामा शुरु भएको छ । 

युवा रेडक्रस सर्कल ज्ञानोदय मा।वि। खजुराको आतिथ्यतामा संचालन भएको उक्त गोष्ठीको पहिलो दिन विहीवार प्रभातफेरी कार्यक्रम गरी सुरु भएको हो । उक्त गोष्ठीको समुदघाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले उद्घाटन गर्नु भएको थियो । 

मन्त्री खत्रीले बालबालिकाहरुमा मानवताको भावना विकास गर्न हरेक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन हुनुपर्ने र ती युवाहरुको क्षमता अभिबृद्धि र रेडक्रसका मानवीय गतिविधिका लागि लुम्बिनी प्रदेश सरकार रेडक्रससंग सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रमका विशिष्ठ अतिथि एवं लुम्बिनी प्रदेश सभासद् बादशाह कुर्मीले विश्वभरी रेडक्रसले विश्वासनीयता कायम राखेको जुन अरु संस्थाले गर्न नसकेको जिकिर गर्नु भयो । उहाँले सामाजिक कार्यमा प्रदेश सरकारबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नु भयो । 

अधिकांश वक्ताहरू ले मानवतालाइ जीवित राखौ भन्ने मुल नारालाई आत्मसाथ गरी बालबालिकाहरुलाई डिग्रीका साथै संस्कार सिकाउनु पर्ने, दक्ष र समक्ष जनशक्ति उत्पादन गर्नुपर्ने, विपद् न्यूनीकरणका लागि जनचेतना अभिबृद्धि, युवालाई नेतृत्व तहमा पुरयाउने र अगामी दिनमा स्थानीय सरकारसंगको सहकार्य अतिआवश्यक रहेको कुरा उल्लेख गरेका थिए । 

गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जुनियर तथा युवा रेडक्रस समितिका संयोजक, सर्कलका शिक्षक नायक र सर्कल पदाधिकारी एवं सदस्य छात्र तथा छात्राहरुको प्रतिनिधिमुलक सहभागिता रहेको छ । 

उक्त गोष्ठीको बन्द सत्रमा रेडक्रस अभियान, नेतृत्व विकास, जलवायु परिवर्तन, तातो हावाको लहर ९लु०, युवा सहभागिता रहेको रणनीति, जुनियर तथा युवा कार्यप्रणाली निर्देशिका,  जुनियर तथा युवा गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुती, बार्षिक कार्ययोजना निर्माण र खजुरा घोषणा पत्र जारी गरि गोष्ठी सम्पन्न हुने कुरा लुम्बिनी प्रदेश जुनियर तथा युवा समितिका संयोजक ज्ञानहरी रिजालले जानकारी दिनु भएको छ । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षक नायक र विद्यार्थीहरुले गित, गजल र नृत्य प्रस्तुत गरि रमाइलो समेत गरेका थिए ।  

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो केन्द्रीय जुनियर तथा युवा समिति संयोजक विष्णु नेपाल, पूर्वकेन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, केन्द्रीय सदस्य नौल सिंह पुन, गुमानराज पुलामी, नेरेसो सुदुरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढा, कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी, गण्डकी प्रदेश अध्यक्ष सूर्य ढकाल, लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना, खजुरा गा।पा।वडा नं। २ का वडा अध्यक्ष धनिराम वली, नेरेसो बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय मा।वि।शिक्षक अभिभाव संघका अध्यक्ष मानबहादुर भण्डारी, सर्कल संरक्षक एवं प्र।अ।ऋषिराम सापकोटा र युवा सर्कल अध्यक्ष प्रियंका चौधरी लगायतले विचार व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन सहायक प्र।अ। एवं जिल्ला जुनियर तथा युवा‌ विकास समिति संयोजक यमनाराण महतोले गर्नु भएको थियो ।

 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …