Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

लागु औषधको उच्च जोखिममा बाँके

डेक्स

डेक्स

लागु औषधको उच्च जोखिममा बाँके
ADVERTISEMENT

नेपालगन्ज । बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागुऔषध दुर्व्यसनलगायतले  कुलतको च्च जोखिममा रहेका युवाको सचेतनासम्बन्धी अभिमुखीकरणमा उहाँले सो जानकारी दिनुभएको हो । 

नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागुऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट ९चिकित्सकको प्रेप्किप्सनबिना० औषधि वितरणले लागुऔषधको जोखिम बढाएको उहाँले बताउनुभयो । बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको   छ । प्रहरी नायब उपरीक्षक डाँगीले भन्नुभयो, “पछिल्लो समय नेपालगन्ज सहर लागुऔषध कारोबारको ‘ट्रान्जिट हब’ का रुपमा विकास हुँदै गएको छ ।” 

सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागुऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले लागुऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव दिवाकर भण्डारीलगायतले लागुऔषध कारोबार निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो । 

बाँकेमा आर्थिक वर्ष ०८०र८१ को वैशाखसम्ममा एक सय ४६ लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ । सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेका छन् । उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव ४९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव ३१३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागुपर्दाथ प्रहरीले बरामद गरेको छ । 

आर्थिक वर्ष ०७९र८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ । 

जिल्लामा आर्थिक वर्ष ०७८र७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७र७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठूलो मात्रामा प्रहरीले लागुऔषध बरामद गरेको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…