Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

सिमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाब

डेक्स

डेक्स

सिमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाब
ADVERTISEMENT

नेपालगन्ज । सिमान्तकृत, अल्ससंख्यक, पिछडीएका समुदाय,महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारको नीति, कार्यक्रम ल्याउन सुझाव दिइएको छ । 
आज नेपालगन्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको ‘लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरुले उनीहरुलाई विकासको मूल प्रवाहमा ल्याउने विषय चुनौतीपूर्ण भएको बताए । 
सो अवसरमा लुम्विनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले अल्पसंख्यक र सिमान्तकृत समुदायलाई सिप सिकाएर आत्मनिर्भर बनाउन आवश्यक रहेको उल्लेख गर्दै आधारभूत मानवअधिकारको रक्षा सामाजिक पूर्वाधारको विकासबाट मात्रै सम्भव हुने बताउनुभयो । 
उहाँले लुम्विनी, स्वर्गद्धारी, ठाकुरबाबा, बागेश्वरी मन्दिर लगायतलाई सर्किट बनाएर धार्मिक पर्यटनको विकासमा जोड दिँदै यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
मानवअधिकार आयोग नेपालगन्जकी प्रमुख द्धारिका अधिकारीले नेपालगन्ज शहर विकसित शहर हुँदाहुँदै पनि ग्रामिण परिवेशले शहर विकासमा पछाडी परेकोमा चिन्ता व्यक्त गर्नुभयो । 
कानून व्यवसायी विकास आर्चायले प्रदेश सरकारले विभिन्न आयोग गठनमा विलम्ब गरेको कारण समस्या वढ्दै गएको उल्लेख गर्नुभयो । 
फातिमा फाण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले मुश्लिम समुदायमा सम्वन्ध विच्छेदका विषयमा अदालतबाट फैसला आएपनि मुश्लिम परम्परा अनुसार तलाक हुन समय लाग्ने भएकाले खानपान लगायतका समस्याले महिला पीडित हुने गरेकोले यसलाई सरकारले सम्वोधन गर्न जरुरी रहेको बताउनुभयो । 
सो अवसरमा कानून व्यवसायी बसन्त गौतम, सुनिता शर्मा, अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश प्रमुख भोला महत, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, जेष्ठ नागरिक समाजका मुरारी भट्टराई लगायतले अब आउने प्रदेश सरकारको नीति कार्यक्रममा सिमान्तकृत तथा अल्पसंख्यकका मुद्दालाई सम्वोधन गर्न आग्रह गर्नुभएको छ । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…