Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

सिधनिया घाट निर्माण गर्न बृहत् छलफल

सम्वाददाता

सम्वाददाता

सिधनिया घाट निर्माण गर्न बृहत् छलफल
ADVERTISEMENT

नेपालगन्ज २८ बैशाख । बाँकेको राप्ती नदीस्थित सिधनिया घाट निर्माणका लागि शुक्रबार नेपालगन्जमा सर्वपक्षीय भेलामार्फत बृहत् छलफल गरिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको जिल्लाको डुडुवा गाउँपालिका ५, राप्ती नदीस्थित सिधनिया घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि सरोकारवाहरुले बृहत् छलफल गरेका हुन् ।

मलमपट्टी मर्निङ वाक ग्रुप नेपालगन्जले समन्वय गरेको छलफल कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा.धवलशमसेर राणाले सिधनिया घाट निर्माणका लागि सबै पक्ष यसरी एकजुट भई छलफलमा जुट्नु सराहनीय कार्य भएको बताउनुभयो ।

उहाँले घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि आफूले संसदीय विकास कोषबाट आगामी आर्थिक वर्षमा एक करोड रु ५० लाख विनियोजन गर्ने र एक महिनाको तलव प्रदान गर्ने प्रतिवद्धता गर्नुभयो ।

घाट निर्माणका लागि पहिलो काम जग्गा प्राप्ति गर्नुपर्ने भन्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सर्वप्रथम कानुनी रुपले एउटा समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले गठन गरिएको समितिमार्फत प्रशासनमा संस्था दर्ता गरी संस्थाबाट कानुन अनुसार अन्य कार्य गर्न सहज हुने बताउनुभयो ।

उक्त स्थानमा सार्वजनिक जग्गा भएमा समितिले प्रस्ताव बनाएर प्रजिअको नेतृत्वमा रहेको समितिमा पेश गर्न र उक्त प्रस्तावलाई सिफारिस गरी संसदमा पठाउने तथा क्याबिनेटले पास गरेमा जग्गासमेत प्राप्ति हुन सक्ने पनि उल्लेख गर्नुभयो । अधिवक्ता प्रल्हादबहादुर कार्कीले काम गर्दा गुरु योजना बनाएर मात्र अगाडि बढेमा सफल भइने उल्लेख गर्नुभयो ।

उहाँले अल्पकालिन योजना र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । गुरु योजना बनाएर बजेटको सुनिश्चितता गरेपछि तत्कालका लागि आवश्यक कामका लागि अल्पकालीन योजनामार्फत अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सम्बन्धित सरोकारवाला निकायहरुको पहिचान गर्नुपर्ने, राजनीतिक दल, स्थानीय सरकार र सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र योजना सफल हुने बताउनुभयो ।

डुडवा गाउँपालिका ५ का अध्यक्ष झङ्कबहादुर थापाले स्थानीय सरकारबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्ने भन्दै सबै सरोकारवा पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मलमपट्टी मर्निङ वाक ग्रुपका संरक्षक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडियाले आगामी एक वर्षभित्रमा तत्कालका लागि आवश्यक भौतिक संरचनाहरु दाहसंस्कार गृह, मलामी बस्नका लागि टहरा लगायतका कार्यहरु गर्नका लागि प्रयास गरिने बताउनुभयो ।

छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय बादशाह कुर्मी र आदेश अग्रवाल, जिल्लास्थित सबै राजनीतिक दलका नेता, बुद्धिजीवि, व्यवसायी, उद्योगी, जनप्रतिनिधि, समाजसेवी, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, साहित्यकार तथा कार्यालय प्रमुखहरुको सहभागिता थियो ।

सहभागीहरुले राप्ती नदीस्थित उक्त घाटमा नदीको कटानका कारण स्थायी रुपले दाहसंस्कार गर्ने स्थल बनाउन समस्या रहेको, कहिले पूर्व कहिले पश्चिमतिर दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको, मलामीहरु बस्ने ठाउँ नहुँदा गर्मी महिना र वर्षाको महिनामा अत्यन्तै समस्या रहेको लगायतका विषयमा छलफल भएको ग्रपका सदस्य एवम् अधिकारकर्मी भोला महतले बताउनुभयो । 

आजैको छलफलपश्चात् संरक्षक डा. कनोडियाको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । कार्यक्रममा ग्रुपका सदस्य डा.बद्री चापागाईले व्यवस्थित घाट निर्माणका लागि आवश्यक योजनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा व्यवसायी अशोक श्रेष्ठले घाट निर्माणका लागि आफूले पाँच लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । 


 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…