Pairabi logo

असोज ११, २०८३, आइतबार                    

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

डेक्स

डेक्स

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता
ADVERTISEMENT

नेपालगन्ज, २० भदौ । राष्ट्रिय समाचार समिति (रासस)ले पहिलो पटक अवधी भाषामा सुरु गरेको समाचार सेवाको चालु आर्थिक वर्ष २०८२/०८३का लागि नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । 

राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शिलतप्रसाद महतो र उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ । 

लुम्बिनी प्रदेशअन्र्तगतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरुको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी भएको छ । 

बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधी समाचार सेवाले समुदायको सशक्तिकरण भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । 

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक महतोले विगत दुई वर्षदेखि निरन्तर सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिदै अवधी समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यम बढी लाभ लिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले राससले मातृ भाषा (अवधी, मैथली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रुपमा उपलब्ध गराएको बताउनुभयो । चालु आर्थिक वर्ष २०८२/०८३को पुस मसान्तसम्मका लागि सेवाको नविकरण गरि सम्झौता गरिएको नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख जोशीले बताउनुभयो । 

नेपालगन्जबाट प्रकाशन हुने दिपज्वाला दैनिक पत्रिका, दैनिक खबरी पत्रिका, र पैरवी अनलाईनले रासस अवधी समाचार सेवालाई नियमित रुपमा प्रयोग गर्दै आएको अवधी समाचार सेवाका अनुवादक/सम्पादक राकेशकुमार मिश्रले जानकारी दिनुभयो । 
–––

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

यो पनि

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…