Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले जिब्रो छेडे

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले जिब्रो छेडे
ADVERTISEMENT

नेपालगन्ज, ५ वैशाख : रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । 

भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेड्नुभयो । उहाँले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाउनुभयो । उहाँ जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैते दसैँ र बिजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ । नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो । 

महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्परा रहे पनि केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गर्नुभयो । नवरात्रको व्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आएर त्रिशुलले जिब्रो छेड्ने परम्परा छ । हरेक वर्ष करिब एक सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिरामी नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।”

बागेश्वरी मन्दिरमा आज नेपाल र भारतीय भक्तजनले जिब्रो छेडेका छन् । नेपालमात्रै होइन, भारतबाट आएका भक्तजनले समेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन् ।

सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुशी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास छ । बागेश्वरी मन्दिरमा रामनवमीमा बर्षेनि कैयौँले जिब्रो छेड्ने गर्दछन् । 

रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ । भीड व्यवस्थापन गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…