Pairabi logo

साउन १८, २०८२, शनिबार                    

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

सम्वाददाता

सम्वाददाता

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी
ADVERTISEMENT

नेपालगन्ज, ५ वैशाखः बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् ।

विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले  रोजगारी दिएको छ । 

उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताउनुभयो । “कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उहाँले भन्नुभयो । 

स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताउनुभयो । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताउनुभयो । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उहाँले बताउनुभयो । 

उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उहाँलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उहाँले बताउनुभयो । “ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ”, उहाँले भन्नुभयो ।

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताउनुभयो । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उहाँले जानकारी दिनुभयो ।

उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।”

ट्रेड युनियन गठनले कर्मचारी विभाजित 

उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ । अहिले सञ्चालन हुँदा दैनिक रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उहाँले अनुरोध गर्नुभएको छ ।
 
स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा  नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् ।
 
उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताउनुभयो । उहाँले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाउनुभयो ।

ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताउनुभयो । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उहाँको आरोप छ ।
 
ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।

ताजा

सबै

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

लोकप्रिय

सबै

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

यो पनि

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

सिँचाइ नहुँदा रोपाइँ भएन

सिँचाइ नहुँदा रोपाइँ भएन

कालीकोट, ७ साउनः कालीकोटको महावै गाउँपालिका६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा …

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु

नेपालगञ्ज ५ साउनः पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेव…