Pairabi logo

माघ १३, २०८२, सोमबार                    

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप

सम्वाददाता

सम्वाददाता

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप
ADVERTISEMENT

नेपालगन्ज २७ चैत । नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्णका लागि नेपालगन्जमा सरोकारवालासंग सुझाव तथा छलफल गरिएको छ । 

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप कृतिम घटना अभ्यासको छलफल गरिएको हो । आज मंगलबार भएको छलफलमा सहभागीहरुले विपद् पुर्व तयारी तथा जोखिम न्युनीकरणका लागि सरकारी, गैरसरकारी र निजि क्षेत्रको भुमिका तथा सहयोग र तत्काल उपलब्ध गराउन सक्ने उद्धार सामाग्री लगायतका विषयमा समुहगत छलफल गरि प्रस्तुतीकरण गरिएको थियो । 

कार्यक्रममा नेपालगन्जका उपमेयर कमरुद्दिन राईले नेपालगन्जको ३ र ७ वडा भुकम्पको अति जोखिम रहेकाले त्यसको न्युनीकरणका लागि सचेतना अभियान गरिरहेको बताउनुभयो । उहाँले भुकम्पको अति जोखिममा रहेका संरचनालाई प्रबलीकरण गर्ने भन्दै जोखिमलाई न्युनीकरण गर्न पुर्व तयारी नै पहिलो कुरा भएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोबद्र्धनसिंह सम्झनाले विपत आउनु भन्दा पहिला विपतको पुर्व तयारीका लागि सबै क्षेत्रको भुमिका प्रभावकारी भएको हुनले सहयोग तथा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विपद् क्षेत्रका विज्ञ डा. सृजन मल्लले सहजीकरण गर्नुभएको थियो । 

नेपालगन्ज उपमहानगरपालिका विपद् शाखा संयोजक समिरप्रताप शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी, निजी क्षेत्रका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

आज भएको छलफलमा आएका विभिन्न सुभावलाई अध्ययन गरि नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्ण गरिने छ । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रर्वद्धन गरिरहेको आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …