Pairabi logo

माघ १२, २०८२, आइतबार                    

अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे

सम्वाददाता

सम्वाददाता

अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे
ADVERTISEMENT

नेपालगन्ज, चैत २३। नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराइएको छ । 

बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘सामाजिक संरक्षण परियोजना’ अन्तर्गत अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै नजिकको मार्केटमा गएर ईदका लागि कपडा जुत्ता लगायतका सामान खरिद गर्न पाउन भन्ने उदेश्यका साथ सो खरिदारी गराएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

उँहाले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउनका लागि ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई प्रत्येक बालबालिकालाई चार हजार चारसय रुपियाँ बराबरको कपडा लगायत खरिद गराएको बताउनुभयो । 

क्बलका अनुसार बालबालिकालाई अभिभावकसहित स्कुल बसमा राखेर नेपालगन्जको सबैभन्दा ठुलो सुपर मार्केट भाटभटेनीमा लगिएको थियो र उनीहरुले त्यहाँ घुमफिर गरी रमाउँदै नगद भाउचरमार्फत आफ्नो इच्छाअनुसार कपडा र जुत्ता खरिद गरेका थिए ।

ईद उपहार पाएपछि बालबालिकाहरु निकै उत्साहित र हर्षित देखिएका थिए भने उनीहरुको अनुहारमा खुशीको किरण प्रष्ट देखिन्थ्यो । ईद–उल–फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो पर्व हो जुन एक महिनाको पवित्र रमजान पछि मनाइन्छ । विशेष गरी बालबालिकाहरू यस पर्वको आगमनको उत्सुकताका साथ पर्खाइमा रहेका हुन्छन् किनभने उनीहरूले यस अवसरमा नयाँ लुगा र जुत्ताहरू पाउने गर्दछन् । 

ईदका लागि खरिदारी गर्न भाटभटेनी प्रस्थान गर्नुअघि कतार च्यारिटीका सामाजिक सुरक्षा अधिकृत जाहिद खान र सहायक सामाजिक सुरक्षा अधिकृत गुड्डी परवीनले बालबालिका र अभिभावकहरूलाई बाल दुर्व्यवहार र शोषणबाट आफूलाई बचाउन सचेत गराउन गुड टच र नराम्रो स्पर्शका बारेमा जानकारी गर्नुभयो । 

साथै अनाथ बालबालिकाका आमाहरुलाई आफ्ना छोराछोरीलाई शिक्षा र उचित हेरचाहमा ध्यान दिन तथा २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रोत्साहन गर्ने जानकारी उहाँहरुले गराउनुभयो । 

ईद उपहार वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, वित्त प्रशासक वेदप्रकाश पङ्गालीको सहभागिता रहेको थियो । 

कार्यक्रममा परियोजना संयोजक बिनिता आरसी, सामाजिक सुरक्षा अधिकृत गुलाम गौस, वाश अधिकृत नदीम शाह, सामाजिक परिचालनकर्ता अर्पित सिंह, विशेष गुप्ता, लिक बहादुर चौधरी र सम्यारा सिंह थारुको पनि उपस्थिति रहेको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …