Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना

सम्वाददाता

सम्वाददाता

पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना
ADVERTISEMENT

नेपालगन्ज २३, चैत ।  नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

नेपाल पत्रकार महासंघले छुट्टै र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने कार्यको घोर भत्र्सना गरेका छन् । महासंघ सचिव कमल डाँगीले एक छुट्टै विज्ञप्ती तथा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार पत्रकार संघका संयोजक तिलक गाउँलेले संयुक्त विज्ञप्ती प्रकाशित गरी निन्दा गरेका हुन् । 

ूआफूसंग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याउनुभएको छ । कानुन कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन ब्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता विर्सिएर समाचारका समाचारको विषयलाई लिएर हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको घोर निन्दा गर्दछौं, विज्ञप्तीमा भनिएको छ । 

प्रहरी उपरीक्षक बोहरामाथि कारवाहीको माग समेत गरिएको छ । पछिल्लो समय पत्रकारमाथि निरन्तररुपमा भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन समक्ष माग पनि गरिएको छ । समयमै नसच्चिए प्रेस स्वतन्त्रता विरोध कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रकार भण्डारीले बोहराले तस्करसंग पैसा उठाउन टिम नै बनाएर परिचालन गरेको समाचार सम्प्रेषण गर्नुभएको थियो । 

यस्तै इन्सेक, बार लगायत मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका संघसंगठन एवम् प्रतिनिधिहरुले पनि संयुक्त विज्ञप्ती निकालेर भण्डारीको सुरक्षाको प्रत्याभूति गराउन र संविधान प्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।

यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा एसपी बोहरामाथि छानविन गर्न समिति बनाएको र छानबिन प्रक्रिया अगाडि बढेको जनाएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…