Pairabi logo

माघ १३, २०८२, सोमबार                    

पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना

सम्वाददाता

सम्वाददाता

पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना
ADVERTISEMENT

नेपालगन्ज २३, चैत ।  नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

नेपाल पत्रकार महासंघले छुट्टै र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने कार्यको घोर भत्र्सना गरेका छन् । महासंघ सचिव कमल डाँगीले एक छुट्टै विज्ञप्ती तथा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार पत्रकार संघका संयोजक तिलक गाउँलेले संयुक्त विज्ञप्ती प्रकाशित गरी निन्दा गरेका हुन् । 

ूआफूसंग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याउनुभएको छ । कानुन कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन ब्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता विर्सिएर समाचारका समाचारको विषयलाई लिएर हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको घोर निन्दा गर्दछौं, विज्ञप्तीमा भनिएको छ । 

प्रहरी उपरीक्षक बोहरामाथि कारवाहीको माग समेत गरिएको छ । पछिल्लो समय पत्रकारमाथि निरन्तररुपमा भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन समक्ष माग पनि गरिएको छ । समयमै नसच्चिए प्रेस स्वतन्त्रता विरोध कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रकार भण्डारीले बोहराले तस्करसंग पैसा उठाउन टिम नै बनाएर परिचालन गरेको समाचार सम्प्रेषण गर्नुभएको थियो । 

यस्तै इन्सेक, बार लगायत मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका संघसंगठन एवम् प्रतिनिधिहरुले पनि संयुक्त विज्ञप्ती निकालेर भण्डारीको सुरक्षाको प्रत्याभूति गराउन र संविधान प्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।

यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा एसपी बोहरामाथि छानविन गर्न समिति बनाएको र छानबिन प्रक्रिया अगाडि बढेको जनाएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …