Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै

सम्वाददाता

सम्वाददाता

बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै
ADVERTISEMENT

नेपालगन्ज, २२ चैतः बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ ।

स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि यहाँ गुरुकुल भवनको निर्माण सुरु भएको स्थानीय अजय साहनीले जानकारी दिनुभयो । “करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको भवन बनाउने कार्यले सफलता पाएको छ”, साहनीले भन्नुभयो, “भवन निर्माणसँगै गुरुकुल सञ्चालनका लागि अन्य आवश्यक कार्यको पनि तयारी भइरहेको छ ।”

अहिलेको अवस्थामा आफ्नो धर्म, संस्कृति र समाज जागरणका लागि वेदमा आधारित शिक्षा पद्धतिको महत्व बढ्दै गएकाले आफूहरू गुरुकुल सञ्चालनका लागि निरन्तर रूपमा लागिपरेको उहाँको भनाइ छ ।

गुरुकुल सञ्चालनका लागि स्थानीय युवा लाग्नु सकारात्मक कुरा भएको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गजेन्द्रबहादुर हमालले बताउनुभयो । उहाँले गुरुकुल सञ्चालनका लागि आफूले आवश्यक सहयोग र समन्वय गर्दै आएको बताउनुभयो । 

गुरुकुल भवन निर्माणका लागि लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको छ । भवनका लागि आवश्यक जग्गा खरिद गरेर भवन निर्माणको कार्य ठेक्कामार्फत सञ्चालन भएको छ । नेपालगञ्जका एक दाताले जग्गा खरिदका लागि आवश्यक रकम सहयोग गरेपछि भवन निर्माण प्रक्रियाले सफलता पाएको हो ।

भवन निर्माणका लागि प्रदेश सरकारले रु ३० लाख बजेट उपलब्ध गराएको जिल्ला समन्वय समितिका निवर्तमान सदस्य चेतबहादुर घर्तीले जानकारी दिनुभयो ।

“गुरुकुल शिक्षा एकदमै जरुरी छ, समुदायमा धार्मिक ज्ञान कम भएकाले आपसमा मतभेद छ”, घर्तीले भन्नुभयो, “यस्तो गुरुकुलले अध्ययन गर्ने व्यक्तिमा धार्मिक ज्ञान प्रदान गर्छ र व्यक्ति आफ्नो धर्मको बारेमा जानकार बन्छ ।” अहिले मानव मानवबीच व्यवहारिकता र धर्मबारे ज्ञानको कमी भएकाले धार्मिक शिक्षाको आवश्यकता रहेको सदस्य घर्तीको भनाइ छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…