Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै

सम्वाददाता

सम्वाददाता

बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै
ADVERTISEMENT

नेपालगन्ज, २२ चैतः बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ ।

स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि यहाँ गुरुकुल भवनको निर्माण सुरु भएको स्थानीय अजय साहनीले जानकारी दिनुभयो । “करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको भवन बनाउने कार्यले सफलता पाएको छ”, साहनीले भन्नुभयो, “भवन निर्माणसँगै गुरुकुल सञ्चालनका लागि अन्य आवश्यक कार्यको पनि तयारी भइरहेको छ ।”

अहिलेको अवस्थामा आफ्नो धर्म, संस्कृति र समाज जागरणका लागि वेदमा आधारित शिक्षा पद्धतिको महत्व बढ्दै गएकाले आफूहरू गुरुकुल सञ्चालनका लागि निरन्तर रूपमा लागिपरेको उहाँको भनाइ छ ।

गुरुकुल सञ्चालनका लागि स्थानीय युवा लाग्नु सकारात्मक कुरा भएको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गजेन्द्रबहादुर हमालले बताउनुभयो । उहाँले गुरुकुल सञ्चालनका लागि आफूले आवश्यक सहयोग र समन्वय गर्दै आएको बताउनुभयो । 

गुरुकुल भवन निर्माणका लागि लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको छ । भवनका लागि आवश्यक जग्गा खरिद गरेर भवन निर्माणको कार्य ठेक्कामार्फत सञ्चालन भएको छ । नेपालगञ्जका एक दाताले जग्गा खरिदका लागि आवश्यक रकम सहयोग गरेपछि भवन निर्माण प्रक्रियाले सफलता पाएको हो ।

भवन निर्माणका लागि प्रदेश सरकारले रु ३० लाख बजेट उपलब्ध गराएको जिल्ला समन्वय समितिका निवर्तमान सदस्य चेतबहादुर घर्तीले जानकारी दिनुभयो ।

“गुरुकुल शिक्षा एकदमै जरुरी छ, समुदायमा धार्मिक ज्ञान कम भएकाले आपसमा मतभेद छ”, घर्तीले भन्नुभयो, “यस्तो गुरुकुलले अध्ययन गर्ने व्यक्तिमा धार्मिक ज्ञान प्रदान गर्छ र व्यक्ति आफ्नो धर्मको बारेमा जानकार बन्छ ।” अहिले मानव मानवबीच व्यवहारिकता र धर्मबारे ज्ञानको कमी भएकाले धार्मिक शिक्षाको आवश्यकता रहेको सदस्य घर्तीको भनाइ छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …