Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बर्दियाका तीन बिद्यालयलाई  बिज्ञान प्रयोगशाला सामाग्री सहयोग

सम्वाददाता

सम्वाददाता

बर्दियाका तीन बिद्यालयलाई  बिज्ञान प्रयोगशाला सामाग्री सहयोग
ADVERTISEMENT

नेपालगन्ज, चैत २२ । बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराइएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत बाँके यूनेस्को क्लवले विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराएको हो । 

विद्यालयहरूको आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार विज्ञान प्रयोगशालाको सुविधा नहुँदा विद्यार्थीहरू विज्ञानको व्यावहारिक ज्ञानबाट वञ्चित भएकोले प्रयोगात्मक अभ्यासवाट विद्यार्थीको सिकाई उपलब्धि वढाउन विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको बाँके युनेस्को क्लबका प्रमुख सरंक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले गुलरिया नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिशक्ति मावि कमलपुर, वडा नम्बर २ मा रहेको जानकी माध्यमिक विद्यालय र वडा नम्बर ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा करिब १८ लाख ७५ हजार मूल्य बराबरको प्रयोगशाला सामग्री सहयोग गरिएको जानकारी दिनु भयो । 

एक समारोहकाविच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम र प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले संयुक्त रुपमा नयाँ विज्ञान प्रयोगशालाको उदघाटन गर्नु भयो । 

सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले विज्ञान प्रयोगगशाला नभएका विद्यालयलाई प्रयोगशाला प्रदान गरिएपछि अब बिद्यार्थिलाई विज्ञान पढ्न सहज हुनुका साथै उनिहरुको शैक्षिक क्षमतामा समेत बृद्धि हुने बताउनुभयो । 

उहाँले गाउँघरका विद्यालयहरूमा अहिलेसम्म विज्ञान प्रयोगशाला सञ्चालनमा आउन नसकेको बताउँदै विज्ञान प्रयोगशाला सञ्चालन भएपछि विद्यालयको क्षमता पनि बढ्ने बताउनु भयो । गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले विद्यालयहरूमा विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि शिक्षक र विद्यार्थी दुवैलाई यसको प्रत्यक्ष लाभ मिल्ने बताउनुभयो ।

सोही प्रकारले कार्यक्रममा बोल्दै प्लान नेपालकी क्षेत्रीय प्रबन्धक संयोजक मिना पराजुलीले दिनप्रतिदिन नयाँ आविष्कारहरू भइरहेको आजको शिक्षा प्रमाणमा आधारित रहेकोले यसबाट बालबालिकाको प्रतिभा विकास गर्ने अवसर सृजना हुने बताउनुभयो । 

उहाँले यसको दिगोपनकालागि विज्ञान प्रयोगशाला उपकरणहरूको उचित व्यवस्थापन र मर्मतसम्भारमा विशेष ध्यान दिन जोड दिनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले विद्यालयहरूमा विज्ञान प्रयोगशालाको अभाव महसुस भएकोले विद्यालयका बालबालिकाहरूलाई प्रयोगात्मक सिकाइको लागि पहुँच सिर्जना गर्न सहयोग प्रदान गरिएको जनाउँदै यसबाट बढी भन्दा लाभ लिन आग्रह गर्नुभयो । 

सो कार्यक्रममा विद्यालय प्रशासन, विद्यालयका शिक्षक तथा प्रधानाध्यापक, अभिभावक तथा शिक्षक संघ ९पीटीए० एसएमसीका सदस्य, स्थानीय सरकारका प्रतिनिधि तथा बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । 

उक्त अवसरमा प्लान इन्टरनेसनल नेपालका दिक्षा भट्ट र हसरत अलि, गुलरिया नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रुपसिंह खत्री, शिक्षा शाखा प्रमुख सतिश यादव, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष तुलाधर, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक लगायतको पनि सहभागिता रहेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु रामचन्द्र यादव, विष्णु यादव र भ्यालीराम ओलीले तीनवटै कार्यक्रमको छुट्टा छुट्टै अध्यक्षता गर्नु भएको थियो ।  बिज्ञान प्रयोगशलाहरुका लागि क्लबले माइक्रोस्कोप, स्टेथोस्कोप, मानव शरीर चार्ट, फ्लास्क, परीक्षण ट्यूब र रसायन, वजन मेसिन, मानव कंकाल, फनेल, नाप्ने उपकरण, तताउने उपकरण, पिपेट, बुन्सेन बर्नर, थर्मोमिटर र दुरबिन लगायतका विज्ञान सम्बन्धित १७८ वटा उपकरणहरू सहयोग गरेको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …