Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बर्दियाका तीन बिद्यालयलाई  बिज्ञान प्रयोगशाला सामाग्री सहयोग

सम्वाददाता

सम्वाददाता

बर्दियाका तीन बिद्यालयलाई  बिज्ञान प्रयोगशाला सामाग्री सहयोग
ADVERTISEMENT

नेपालगन्ज, चैत २२ । बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराइएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत बाँके यूनेस्को क्लवले विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराएको हो । 

विद्यालयहरूको आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार विज्ञान प्रयोगशालाको सुविधा नहुँदा विद्यार्थीहरू विज्ञानको व्यावहारिक ज्ञानबाट वञ्चित भएकोले प्रयोगात्मक अभ्यासवाट विद्यार्थीको सिकाई उपलब्धि वढाउन विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको बाँके युनेस्को क्लबका प्रमुख सरंक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले गुलरिया नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिशक्ति मावि कमलपुर, वडा नम्बर २ मा रहेको जानकी माध्यमिक विद्यालय र वडा नम्बर ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा करिब १८ लाख ७५ हजार मूल्य बराबरको प्रयोगशाला सामग्री सहयोग गरिएको जानकारी दिनु भयो । 

एक समारोहकाविच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम र प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले संयुक्त रुपमा नयाँ विज्ञान प्रयोगशालाको उदघाटन गर्नु भयो । 

सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले विज्ञान प्रयोगगशाला नभएका विद्यालयलाई प्रयोगशाला प्रदान गरिएपछि अब बिद्यार्थिलाई विज्ञान पढ्न सहज हुनुका साथै उनिहरुको शैक्षिक क्षमतामा समेत बृद्धि हुने बताउनुभयो । 

उहाँले गाउँघरका विद्यालयहरूमा अहिलेसम्म विज्ञान प्रयोगशाला सञ्चालनमा आउन नसकेको बताउँदै विज्ञान प्रयोगशाला सञ्चालन भएपछि विद्यालयको क्षमता पनि बढ्ने बताउनु भयो । गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले विद्यालयहरूमा विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि शिक्षक र विद्यार्थी दुवैलाई यसको प्रत्यक्ष लाभ मिल्ने बताउनुभयो ।

सोही प्रकारले कार्यक्रममा बोल्दै प्लान नेपालकी क्षेत्रीय प्रबन्धक संयोजक मिना पराजुलीले दिनप्रतिदिन नयाँ आविष्कारहरू भइरहेको आजको शिक्षा प्रमाणमा आधारित रहेकोले यसबाट बालबालिकाको प्रतिभा विकास गर्ने अवसर सृजना हुने बताउनुभयो । 

उहाँले यसको दिगोपनकालागि विज्ञान प्रयोगशाला उपकरणहरूको उचित व्यवस्थापन र मर्मतसम्भारमा विशेष ध्यान दिन जोड दिनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले विद्यालयहरूमा विज्ञान प्रयोगशालाको अभाव महसुस भएकोले विद्यालयका बालबालिकाहरूलाई प्रयोगात्मक सिकाइको लागि पहुँच सिर्जना गर्न सहयोग प्रदान गरिएको जनाउँदै यसबाट बढी भन्दा लाभ लिन आग्रह गर्नुभयो । 

सो कार्यक्रममा विद्यालय प्रशासन, विद्यालयका शिक्षक तथा प्रधानाध्यापक, अभिभावक तथा शिक्षक संघ ९पीटीए० एसएमसीका सदस्य, स्थानीय सरकारका प्रतिनिधि तथा बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । 

उक्त अवसरमा प्लान इन्टरनेसनल नेपालका दिक्षा भट्ट र हसरत अलि, गुलरिया नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रुपसिंह खत्री, शिक्षा शाखा प्रमुख सतिश यादव, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष तुलाधर, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक लगायतको पनि सहभागिता रहेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु रामचन्द्र यादव, विष्णु यादव र भ्यालीराम ओलीले तीनवटै कार्यक्रमको छुट्टा छुट्टै अध्यक्षता गर्नु भएको थियो ।  बिज्ञान प्रयोगशलाहरुका लागि क्लबले माइक्रोस्कोप, स्टेथोस्कोप, मानव शरीर चार्ट, फ्लास्क, परीक्षण ट्यूब र रसायन, वजन मेसिन, मानव कंकाल, फनेल, नाप्ने उपकरण, तताउने उपकरण, पिपेट, बुन्सेन बर्नर, थर्मोमिटर र दुरबिन लगायतका विज्ञान सम्बन्धित १७८ वटा उपकरणहरू सहयोग गरेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…