Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण नगर्न अदालतको अन्तरिम आदेश

सम्वाददाता

सम्वाददाता

सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण नगर्न अदालतको अन्तरिम आदेश
ADVERTISEMENT

नेपालगन्ज २२ चैत । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतमा आज भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंकप्रसाद गुरुङ्ग र न्यायिधस गोविन्द जोशीको संयुक्त इजलासले पोखरी भएको जग्गामा माटो लगायतका अन्य सामाग्री पटान नगर्नु नगराउनु र कुनै पनि संरचना निमार्ण नगर्नु नगराउनु भनी आदेश दिएको हो । 

चैत ६ गते भएको सुनवाईमा अदालतले गरेको अल्पकालिन आदेशलाई नियमाली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । नरैनापुर–१ कटकुईया निवासी सूचना अभियन्ता अरुण कुमार तिवारीले सार्वजनिक सरोकारको विषय भन्दै जिल्ला प्रशासन कार्यालय, नरैनापुर गाउँपालिका, वडा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

विपक्षीले उक्त पोखरी भएको जग्गामा खाली देखेर सो स्थानमा विद्यालय लगायतका संरचना बनाउन निर्णय गरेको लगायत लिखित जवाफ अदालतमा पेश गरेको थियो । तर त्यो कानून संगत नभई सार्वजनिक पोखरी, तालतलैया जस्ता स्थानलाई संरक्षण गर्नुपर्ने भएकाले त्यहा कुनैपनि संरचना निमार्ण नगर्न अदालतले रोकेको हो । 

अदालतमा आज भएको मुद्दाको सुनवाईमा निबेदकको तर्फबाट वरिष्ठ अधिबक्ता विजयकुमार गुप्ता, अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता रामकुमार दिक्षित, अधिबक्ता केवलसिंह थारु, अधिबक्ता राकेश सोनी, अधिबक्ता पुनम श्रेष्ठ, अधिबक्ता विजयकुमार शर्माले बहस गर्नुभएको थियो । 

यसैगरि विपक्ष नं. १ र २ को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयबाट सहन्याधिबक्ता उमाकान्त पौडेल, विपक्ष नरैनापुर गाउँपालिकाको तर्फबाट अधिबक्ता लोकबहादुर शाह र अधिबक्ता बलबहादुर चन्दले बहस गर्नुभएको थियो । 

नरैनापुर–६ कटकुईयामा कित्ता नं.२६५ को जग्गामा सार्वजनिक पोखरी रहेको छ । उक्त पोखरीको संरक्षण गर्न स्थानीय सरकारको दायित्व हो तर त्यसको संरक्षण नगरी पोखरीमा संरचना निर्माण गरी पोखरीलाई अस्तित्वविहिन बनाउन थालेको भन्दै स्थानीयले समेत पोखरीको संरक्षण सम्बद्र्धन गर्न माग गरेका छन । 

परापुर्वकालदेखि रहेको पोखरीबाट त्यस क्षेत्रमा स्थानीयले स्वच्छ र स्वस्थ्य वातावरणको लाभ लिनुका साथै पोखरीको डिललाई बाटोको रुपमा प्रयोग गर्ने, पानीले सिचाई गर्ने, गाई भैसी चराचुरुङ्गी जंगली र घरेलु जनावरले पानी खाने लगायतको कार्यमा पोखरीको गर्दै आएका छन । 

उक्त पोखरी चमर गढहीको नामले प्रसिद्ध रहेको छ । पोखरी संरक्षण बिहीन अवस्थामा रहेकोले बर्षाको बेलामा चारै तिरबाट पानीसंगै माटो पनि बगेर आउने गरेकोले उक्त पोखरी बिस्तारै पुरींदै गएको छ । बर्तमान जलवायु परिवर्तनको असर नेपालमा पनि परेको छ । पानीका मुहानहरु सुक्दै गईरहेको अवस्था छ । 

पोखरी जंगल र कटकुईया गाऊँको नजीक रहेकोले सुख्खा याममा जंगलभित्रका पानीका मुहानहरु सुकेपछि जंगली जनावर र घरेलू जनावरहरु सोही पोखरीको पानीले जीवन निर्वाह गर्दै आएका छन । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …