Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम

सम्वाददाता

सम्वाददाता

वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम
ADVERTISEMENT

नेपालगन्ज, चैत १६ । बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो । 

सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो ।

तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै सामुदायिक स्तरमा वातावरण संरक्षणका लागि ध्यानमा राख्नुपर्ने विषयहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराईएको बताउनुभयो । 

उहाँले सहभागि युवतीहरु निकै हर्षित र उत्साहित देखिएको तथा उनिहरुले समाजमा सम्मानजनक जीवनयापन गर्न हरित व्यापारमा आफुलाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाइ वातावरण संरक्षणमा योगदान पु¥याउन समुदायस्तरमा चेतना जगाउने प्रतिवद्धता समेत जनाएको बताउनुभयो ।

तालिमका सहभागि दिल कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथिमा क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ लगायत अध्यक्ष तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको पनि उपस्थिति रहेको थियो । 

सो अवसरमा सहभागीहरूको तर्फबाट बोल्दै नैना थारुले यो प्रशिक्षणले वातावरणको महत्व र बाँच्नको लागि मानव र वातावरणबीचको अभिन्न अन्तर सम्बन्धका बारेमा राम्ररी जानकारी भएको हुनाले तालिम निकै उपलब्धीमूलक भएको बताउनुभयो । कार्यक्रम सफल पार्न परियोजनाका कर्मचारीहरु राधेकृष्ण थारु, सञ्जिता रिजाल र कञ्चन दहितले पनि उल्लेख्य सहयोग गर्नु भएको थियो ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…