Pairabi logo

माघ १३, २०८२, सोमबार                    

वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम

सम्वाददाता

सम्वाददाता

वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम
ADVERTISEMENT

नेपालगन्ज, चैत १६ । बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो । 

सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो ।

तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै सामुदायिक स्तरमा वातावरण संरक्षणका लागि ध्यानमा राख्नुपर्ने विषयहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराईएको बताउनुभयो । 

उहाँले सहभागि युवतीहरु निकै हर्षित र उत्साहित देखिएको तथा उनिहरुले समाजमा सम्मानजनक जीवनयापन गर्न हरित व्यापारमा आफुलाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाइ वातावरण संरक्षणमा योगदान पु¥याउन समुदायस्तरमा चेतना जगाउने प्रतिवद्धता समेत जनाएको बताउनुभयो ।

तालिमका सहभागि दिल कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथिमा क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ लगायत अध्यक्ष तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको पनि उपस्थिति रहेको थियो । 

सो अवसरमा सहभागीहरूको तर्फबाट बोल्दै नैना थारुले यो प्रशिक्षणले वातावरणको महत्व र बाँच्नको लागि मानव र वातावरणबीचको अभिन्न अन्तर सम्बन्धका बारेमा राम्ररी जानकारी भएको हुनाले तालिम निकै उपलब्धीमूलक भएको बताउनुभयो । कार्यक्रम सफल पार्न परियोजनाका कर्मचारीहरु राधेकृष्ण थारु, सञ्जिता रिजाल र कञ्चन दहितले पनि उल्लेख्य सहयोग गर्नु भएको थियो ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …