Pairabi logo

असोज २६, २०८३, सोमबार                    

शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो

डेक्स

डेक्स

शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो
ADVERTISEMENT

नेपालगन्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक निष्कासन (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो । 

“अपवादका रुपमा केही लगानीकर्ताले (दोस्रो बजार) सेकेण्डरी मार्केटबाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन्”, उहाँले भन्नुभयो । अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले शेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

ठूला घरानाका लगानीकर्ता शेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उहाँले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताउनुभयो । “बजार चलायमान नभएका कारण शेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त शेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन्”, उहाँले भन्नुभयो । कतिपय लगानीकर्ताले घाटा खाएर पनि शेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब तीन सय भएको उल्लेख गर्नुभयो । नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै शेयर बेचेको भन्दै उहाँले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा शेयर बजारले देखाइरहेको जिकिर गर्नुभयो । 

उद्योगधन्दा, कलकारखानालगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ । ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै शेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ । सूचनाका हिसाबले अहिले शेयर बजारको अफ सिजन भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ ।

नेपालगञ्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर शेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताउनुभयो । अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहँुदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उहाँले नीतिगत सुधारपछि मात्रै शेयर बजार चलायमान हुने उल्लेख गर्नुभयो । अर्का लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर शेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

लगानीकर्ता विकास भट्टराईले शेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताउनुभयो । इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगञ्जमा दैनिक रु एक करोडदेखि रु दुई करोडको हाराहारीमा शेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगञ्जमा कालिका सेक्युरिटीजले पनि शेयर कारोबार गर्दै आएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…