Pairabi logo

असोज २६, २०८३, सोमबार                    

काम गर्ने क्रममा नियमभन्दा बाहिर जान नहुने : उपाध्यक्ष मल्ल

सम्वाददाता

सम्वाददाता

काम गर्ने क्रममा नियमभन्दा बाहिर जान नहुने : उपाध्यक्ष मल्ल
ADVERTISEMENT

नेपालगञ्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमान्दारिताका साथ गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको ‘प्रेस युनियन संवाद’ मा उपाध्यक्ष मल्लले विकास निर्माण योजनाको अनुगमनमा सुरुवाती चरणमा केहि समस्या देखिएपनि पछिल्लो समय कार्यविधि अनुसार काम गरिरहेको दावी गर्नुभयो ।

‘मल्लले भन्नुभयो, ‘गाउँसभाबाट पारित स्वीकृत योजना निर्माणको क्रममा केही कमजोरी भए आफुले त्यसलाई तत्काल सुधार गर्न सुझावसमेत दिने गरेको छु ।’

उपाध्यक्ष मल्लले विकास निर्माणका योजनाको अनुगमनगर्ने क्रममा विभिन्न पक्षबाट दबाब आएपनि नियम भन्दा बाहिर गएर आफुले काम नगर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय गाउँपालिका महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहनुभएका उपाध्यक्ष मल्लले अघिल्लो नेतृत्वले सुरुआत गरेका गौरवका योजनालाई प्राथमिकताका साथ पालिकाले अगाडी बढाइरहेको जानकारी पनि दिनुभयो ।

खजुरा गाउँपालिकालाई शिक्षाको हबको रुपमाविकास गर्ने योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उपाध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनमा विश्व विद्यालयलाई तत्कालको लागि स्थानान्तरण गरेर संचालनगर्ने योजना अगाडी बढिरहेको मल्लले बताउनुभयो ।

उपाध्यक्ष मल्लका अनुसार, बाँकेको आठ स्थानीयतहमा खजुरा न्याय सम्पादनमा अगाडी रहेको छ । गतवर्ष न्यायिक समितिमा परेको ४६५ मुद्धा मध्ये अधिकांश मुद्धा फस्र्यौट भएको मल्लको दावी छ ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…