Pairabi logo

भदौ ३१, २०८२, मंगलबार                    

कृष्णसारद्धारा निलसागर आश्रममा केक उत्सव

सम्वाददाता

सम्वाददाता

कृष्णसारद्धारा निलसागर आश्रममा केक उत्सव
ADVERTISEMENT

नेपालगन्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्जले १६औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार नेपालगञ्जस्थित निलसागर सेवाआश्रममा रहेका बालबालिका तथा अभिभावकहरुसंग केक उत्सव मनाएको छ । 

खुल्ला आकाशलाई छाना र धर्तीलाई बिच्छ्यौना बनाई सडकजीवन बिताउन विवश  बुवाआमा तथा अभिभावकविहीन बालबालिकाहरुलाई आश्रय दिइरहेको आश्रममा पुगेर एफएमले जन्मोत्सव केक काट्नुका साथै फलफूल वितरण गरेको छ । 

त्यस अवसरमा निलसागर आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले आश्रममा रहेका अनाथ बालबालिका अभिभावकहरुको उद्धार, रहन–सहन, समस्यालगायत अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आश्रममा अभिभावकहरुको संख्या थपिदै जाँदा आर्थिक हिसाबले व्यवस्थापन गर्न चुनौति भएको भन्दै यसको व्यवस्थापनमा सरकारले खासै चासो नदिएको गुनासो गर्नुभयो । 

आश्रमका उपाध्यक्ष अमन निलसागरले आर्थिक अवस्थाको अभावले निमार्णाधिन भवन समेत अलपत्र अवस्थामा रहेकाले मानवसेवा कार्यका लागि सरकारको पनि दायित्व रहेको भन्दै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अबसरमा कृष्णसार एमएमका संस्थापक राकेशकुमार मिश्र, माधव अधिकारी, रामप्रसाद आचार्य, कृष्णराज अधिकारी, बजार व्यवस्थापक पवन जयसवाल, प्राविधिक मान सिंह र वरिष्ठ पत्रकार निरज गौतम लगायतले फलफूल वितरण गर्नुभएको थियो । 

कार्यक्रममा निसागर सेवाश्रमको तर्फबाट रेडियोलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

यसै अबसर पारी एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । निकट भविष्यमा उक्त प्रकाशन सार्वजनिक गर्दै वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिने अधिकारीको भनाई छ । 

२०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १५ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगञ्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको छ ।

वदलिदो प्रविधि, कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच पनि सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनुभयो । 

एफएमले गत वर्षदेखि अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ । २ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्रकै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद दिएको छ । 

समाचार वुलेटिन पश्चिम डायरी, लोक गीतको कार्यक्रम भञ्ज्यांग, सकारात्मक सन्देश सहितको कार्यक्रम मर्निङ शो, अवधी भाषाको कार्यक्रम घरअँगना, बाल कार्यक्रम बाल प्रतिभा, भविष्य दर्पण लगायतका कार्यक्रम पनि कृष्णसार एफएमका लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम हुन् । यस्तै रेडियो इजलास, साझेदारी लगायतका कार्यक्रमले पनि स्रोताको मन जितेका छन् । 

कृष्णसार एफएमले विषयवस्तुको गहिराईमा पुग्न दैनिक रेडियो पत्रिका वीटन्यूजको अभ्यास नेपालमैं पहिलो पल्ट गरेको थियो । पश्चिम नेपालका समग्र खबरहरुको संगालो पश्चिम डायरीको अभ्यास पहिलो पल्ट सुरु गरी सामग्रीमा क्षेत्रीय साझेदारी गर्ने नवीनतम प्रयोग कृष्णसार एफएमले गर्यो । रियालिटि शोका रुपमा कृष्णसार आइडलको नयाँ प्रयोग, जनता र जवाफदेहिलाई एक साथ उभ्याउनका लागि पश्चिम सरोकार, खेती किसानी, स्वास्थ्यका लागि रेडियो बहस जस्ता सूचना र चेतनामुलक कार्यक्रम पनि अत्यधिक स्रोताले रुचाएका मध्ये पर्दछन् । 

ताजा

सबै

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा श…

लोकप्रिय

सबै

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

यो पनि

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ, २३ भदौ :काठमाडौँ उपत्यकामा आज जेनजीको प्रदर्शनका क्रममा घाइते भई विभिन्न अ…

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध शुरु

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध शुरु

काठमाडौँ, २३ भदौः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् …

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्र…