Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कृष्णसारद्धारा निलसागर आश्रममा केक उत्सव

सम्वाददाता

सम्वाददाता

कृष्णसारद्धारा निलसागर आश्रममा केक उत्सव
ADVERTISEMENT

नेपालगन्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्जले १६औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार नेपालगञ्जस्थित निलसागर सेवाआश्रममा रहेका बालबालिका तथा अभिभावकहरुसंग केक उत्सव मनाएको छ । 

खुल्ला आकाशलाई छाना र धर्तीलाई बिच्छ्यौना बनाई सडकजीवन बिताउन विवश  बुवाआमा तथा अभिभावकविहीन बालबालिकाहरुलाई आश्रय दिइरहेको आश्रममा पुगेर एफएमले जन्मोत्सव केक काट्नुका साथै फलफूल वितरण गरेको छ । 

त्यस अवसरमा निलसागर आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले आश्रममा रहेका अनाथ बालबालिका अभिभावकहरुको उद्धार, रहन–सहन, समस्यालगायत अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आश्रममा अभिभावकहरुको संख्या थपिदै जाँदा आर्थिक हिसाबले व्यवस्थापन गर्न चुनौति भएको भन्दै यसको व्यवस्थापनमा सरकारले खासै चासो नदिएको गुनासो गर्नुभयो । 

आश्रमका उपाध्यक्ष अमन निलसागरले आर्थिक अवस्थाको अभावले निमार्णाधिन भवन समेत अलपत्र अवस्थामा रहेकाले मानवसेवा कार्यका लागि सरकारको पनि दायित्व रहेको भन्दै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अबसरमा कृष्णसार एमएमका संस्थापक राकेशकुमार मिश्र, माधव अधिकारी, रामप्रसाद आचार्य, कृष्णराज अधिकारी, बजार व्यवस्थापक पवन जयसवाल, प्राविधिक मान सिंह र वरिष्ठ पत्रकार निरज गौतम लगायतले फलफूल वितरण गर्नुभएको थियो । 

कार्यक्रममा निसागर सेवाश्रमको तर्फबाट रेडियोलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

यसै अबसर पारी एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । निकट भविष्यमा उक्त प्रकाशन सार्वजनिक गर्दै वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिने अधिकारीको भनाई छ । 

२०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १५ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगञ्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको छ ।

वदलिदो प्रविधि, कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच पनि सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनुभयो । 

एफएमले गत वर्षदेखि अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ । २ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्रकै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद दिएको छ । 

समाचार वुलेटिन पश्चिम डायरी, लोक गीतको कार्यक्रम भञ्ज्यांग, सकारात्मक सन्देश सहितको कार्यक्रम मर्निङ शो, अवधी भाषाको कार्यक्रम घरअँगना, बाल कार्यक्रम बाल प्रतिभा, भविष्य दर्पण लगायतका कार्यक्रम पनि कृष्णसार एफएमका लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम हुन् । यस्तै रेडियो इजलास, साझेदारी लगायतका कार्यक्रमले पनि स्रोताको मन जितेका छन् । 

कृष्णसार एफएमले विषयवस्तुको गहिराईमा पुग्न दैनिक रेडियो पत्रिका वीटन्यूजको अभ्यास नेपालमैं पहिलो पल्ट गरेको थियो । पश्चिम नेपालका समग्र खबरहरुको संगालो पश्चिम डायरीको अभ्यास पहिलो पल्ट सुरु गरी सामग्रीमा क्षेत्रीय साझेदारी गर्ने नवीनतम प्रयोग कृष्णसार एफएमले गर्यो । रियालिटि शोका रुपमा कृष्णसार आइडलको नयाँ प्रयोग, जनता र जवाफदेहिलाई एक साथ उभ्याउनका लागि पश्चिम सरोकार, खेती किसानी, स्वास्थ्यका लागि रेडियो बहस जस्ता सूचना र चेतनामुलक कार्यक्रम पनि अत्यधिक स्रोताले रुचाएका मध्ये पर्दछन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…