Pairabi logo

माघ १३, २०८२, सोमबार                    

तराईमा होली पर्व, होलिका दहन

सम्वाददाता

सम्वाददाता

तराईमा होली पर्व, होलिका दहन
ADVERTISEMENT

नेपालगन्ज, १२ चैत । सामाजिक सदभावको पर्वको रुपमा मनाइने होली आज बाँके जिल्लामा मनाइदै छ । मधेशी समुदायमा होली गाडेर गुईठा जम्मा गरि राती आगो लगाएर ताप्ने चलन रहेको छ ।

गएराती होलिका दहन गरि अहिले गाउँ टोलका सम्पुर्ण मानिसहरु जम्मा भएर आगो तापीरहेका छन । होलीका दिनमा प्रत्येक घर घरमा गाउँ टोलका सबै नागरिकको समुहमा होली गित, धमार गाउदै रङ अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने गरिएको अवधी अगुवा शिवप्रसाद पाठक बताउनुहुन्छ । 

पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी मन्दिरलगायत बजारमा रङ, अविर, पिचकारी, बैलुन मिठाई जस्ता सामाग्रीको फुटपाथ पसल थापिएको छ । यसैगरि होली पर्व मनाउन विभिन्न संघसंस्था, कल्ब, युवा समुहहरुले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान शुरु गरेका छन । तराई क्षेत्रमा होली पर्वले विशेष सदभावपुर्ण सन्देश प्रर्वाह गर्ने गर्दछ । 

होली पर्वमा घरका छोरी ज्वाईलाई निम्ता दिई बोलाएर मिठो मिठो खानेकुरा खुवाउने चलन रहेको छ । यो पर्वमा विशेष पकवानको रुपमा गुझिया पकाइने गरिछ ।

यसैविच जिल्ला प्रशासन कार्यालय बाँकेले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादकपदार्थ सेवन गरेर अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गरेको हो । यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी तत्काल कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलाई मध्यनजर गर्दै बिशेष रणनितिक सुरक्षा योजना लागु गरेको । होली पर्वमा हुनसक्ने उछृङ्गखल क्रियाकलाप, आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि चेकजाँच गस्ती टोली परिचालनलगायको रणनितिक कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले बताउनुभयो ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …