Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

तीन सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण

सम्वाददाता

सम्वाददाता

तीन सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण
ADVERTISEMENT

नेपालगन्ज, २६ फागुन : मुस्लिमहरुको महान पर्व रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका गरिब अति बिपन्न तीन सय २० परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ  । 

कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज शनिवार यहाँ आयोजना गरिएको एक समारोहका विच बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । त्यस क्रममा लुम्बिनी प्रदेशका पुर्व सहरी विकास मन्त्री कृष्णा केसी, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरण गर्नुभयो । 

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व सहरी विकास मन्त्री केसीले अतिविपन्न परिवारको छनोट गरेर रमजान पर्वका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको भन्दै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो । 

कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको जनाउँदै यसले रोजा बस्न र रमजान पर्व मनाउन सहयोग गरेको बताउनुभयो । 

गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनि, एक पैकेट नुन र एक किलो सेवई गरेर रु ४ हजार २३८ बराबरको सामाग्री रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

त्यस अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, आईडियल पब्लिक स्कुलका शिक्षक मोहम्मद ईलियास, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले आ आफ्नो भनाई राख्नु भएको थियो ।


 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…