Pairabi logo

असोज २६, २०८३, सोमबार                    

तीन सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण

सम्वाददाता

सम्वाददाता

तीन सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण
ADVERTISEMENT

नेपालगन्ज, २६ फागुन : मुस्लिमहरुको महान पर्व रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका गरिब अति बिपन्न तीन सय २० परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ  । 

कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज शनिवार यहाँ आयोजना गरिएको एक समारोहका विच बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । त्यस क्रममा लुम्बिनी प्रदेशका पुर्व सहरी विकास मन्त्री कृष्णा केसी, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरण गर्नुभयो । 

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व सहरी विकास मन्त्री केसीले अतिविपन्न परिवारको छनोट गरेर रमजान पर्वका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको भन्दै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो । 

कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको जनाउँदै यसले रोजा बस्न र रमजान पर्व मनाउन सहयोग गरेको बताउनुभयो । 

गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनि, एक पैकेट नुन र एक किलो सेवई गरेर रु ४ हजार २३८ बराबरको सामाग्री रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

त्यस अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, आईडियल पब्लिक स्कुलका शिक्षक मोहम्मद ईलियास, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले आ आफ्नो भनाई राख्नु भएको थियो ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…