Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी

सम्वाददाता

सम्वाददाता

पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुन : खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नुपरिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन् ।

राप्ती सोनारी–९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउनुभयो । “हिउँदमा जसोतसो गरी खोला तरे पनि वर्षात्मा जोखिम मोल्नुपर्छ”, उहाँले भन्नुभयो । खैरीटोलबाट पढ्न गुरुवागाउँ जानुपर्ने भएकाले खोला तर्न बालबालिकालाई सकस हुन्छ । 

राप्ती सोनारी–९ को भक्तेखोला र चुके नालामा वर्षात्मा आउने बाढीले स्थानीय प्रभावित बन्दै आएका छन् । खहरेखोलामा पुल नबन्दा जोखिम मोल्नुपरेको स्थानीय माधव पौडेलले बताउनुभयो । राप्ती सोनारी–७ फत्तेपुर नयाँवस्तीका शङ्कर यादवले विसम्मवरपुर र पदनाहा गाउँ नजिकको खहरेखोलामा पुल नहुँदा वर्षात्मा आवागमन ठप्प हुने बताउनुभयो । पुल नहुँदा राप्ती सोनारी–६ र ७ वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत बस्तीका बासिन्दा समस्यामा छन् । 

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत काम गर्नुपर्ने भए पनि सीमित बजेटका कारण गर्न नसकिएको बताउनुभयो । “वडाका धेरै टोलमा पुलको आवश्यकता छ, निर्माणका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो । 

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवाखोलामा पुल निर्माणका लागि पहल भइरहेको बताउनुभयो । सीमित बजेटका कारण स्थानीयको माग पुरा गर्न नसकेको उहाँको भनाइ छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…