Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी

सम्वाददाता

सम्वाददाता

पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुन : खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नुपरिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन् ।

राप्ती सोनारी–९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउनुभयो । “हिउँदमा जसोतसो गरी खोला तरे पनि वर्षात्मा जोखिम मोल्नुपर्छ”, उहाँले भन्नुभयो । खैरीटोलबाट पढ्न गुरुवागाउँ जानुपर्ने भएकाले खोला तर्न बालबालिकालाई सकस हुन्छ । 

राप्ती सोनारी–९ को भक्तेखोला र चुके नालामा वर्षात्मा आउने बाढीले स्थानीय प्रभावित बन्दै आएका छन् । खहरेखोलामा पुल नबन्दा जोखिम मोल्नुपरेको स्थानीय माधव पौडेलले बताउनुभयो । राप्ती सोनारी–७ फत्तेपुर नयाँवस्तीका शङ्कर यादवले विसम्मवरपुर र पदनाहा गाउँ नजिकको खहरेखोलामा पुल नहुँदा वर्षात्मा आवागमन ठप्प हुने बताउनुभयो । पुल नहुँदा राप्ती सोनारी–६ र ७ वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत बस्तीका बासिन्दा समस्यामा छन् । 

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत काम गर्नुपर्ने भए पनि सीमित बजेटका कारण गर्न नसकिएको बताउनुभयो । “वडाका धेरै टोलमा पुलको आवश्यकता छ, निर्माणका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो । 

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवाखोलामा पुल निर्माणका लागि पहल भइरहेको बताउनुभयो । सीमित बजेटका कारण स्थानीयको माग पुरा गर्न नसकेको उहाँको भनाइ छ । 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…